• TOKHA LIVE

  • ११ भाद्र २०७८, शुक्रबार २१:२४

नेपाल भाषाको चलचित्र जा मन : गुभाजुलाई नेपाल आदिवासी चलचित्र (निफ्फ )अवार्ड

टाेखा लाइभ डट कम / भाद्र ११,२०७८

नेपाल भाषाको चलचित्र जा मन : गुभाजुले नेपाल आदिवासी चलचित्र (निफ्फ )अवार्ड  हात पार्न सफल भएको छ । अमेरिकाको न्युयोर्कमा दुई दिन सम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा विभिन्न भाषाका सात वटा चलचित्रहरु मध्य नेवा: गुभाजुले उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड हात पारेको हो ।उत्कृष्ट अवार्डसंगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेता को पुरस्कार समेत यसै चलचित्रले हात पार्न सफल भयो ।

पुरस्कार नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्क स्थित नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौतमले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
मकवानपुर , हेटौँडा १० राप्तीरोड स्थायी घर भएर काठमाडौ स्थित झोंछेमा जेस्सी पेन्नी रेस्टुरेन्ट संचालन गरिरहेका राजभक्त श्रेष्ठको जेस्सी पेन्नी इन्टर्टेन्मेन्ट र वाइल्ड बुल्स प्रोडक्सनकी संचालक मन्दिरा मानन्धरको निर्माणमा रहेको सो चलचित्रले उत्कृष्ट अवार्ड सहित १ हजार १ सय ११ अमेरिकी डलर नगद पुरस्कार पनि जितेको छ ।

Facebook Comments

सम्बन्धित खवर

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

संगी को “संवेग” खोज्दै जॉदा

तत्काल मनसुन बाहिरिने संम्भावना छैन

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै