•            
    • Hikmat Dangol

    • ५ असार २०७८, शनिबार १९:३३

    मेलम्चीमा बाढी आउनुको कारण खुल्यो , हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो

    टोखा लाइभ ।२०७८ असार ५ गते

    काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएको हो।गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको जनाएको हो।

    विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ । सूचनामा चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने एकिन नभएको जानकारी दिँदै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै