•            
    • TOKHA LIVE

    • ३१ जेष्ठ २०७८, सोमबार १७:१८

    नेपालमा थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु 

    टाेखा लाइभ /जेठ ३१, काठमाडौं ।

    नेपालमा पछिल्लो  २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ ।

    उक्त अवधिमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट कुल ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ५ हजार १४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या हालसम्म ५ लाख ३६ हजार २५२ पुगेको छ ।हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना रहेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै