•            
    • TOKHA LIVE

    • २८ बैशाख २०७८, मंगलवार १४:१७

    काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय :-

    टाेखालाइभ डट कम / बैशाख २८,२०७८

    काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निणर्य गरेको हो । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नदिने निणर्य भएको साथै काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले आउदो जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य भएको अधिकारीहरुले बताएका छन् । त्यस्तै  बिहान ९ बजेसम्म मात्रै पसल खुलाउन पाउनेमा अब बिहान १० बजेसम्म पसल खुलाउने पाइनेछ । राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निणर्य गरिएको छ ।

    काठमाडौँ उपत्यकामा यस अघि बैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा लागू भएको थियो । दोस्रो पटक  २२ गतेदेखि बैशाख २९ गतेसम्म म्याद थप गरिएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै