•            
    • TOKHA LIVE

    • २१ चैत्र २०७७, शनिबार ०८:०३

    मोटरसाईकल चोरी गर्ने शंखरापुर-६ साँखुबाट पक्राउ:-

    टाेखालाइभ डट कम/ चैत्र २१ काठमाडौं

    मोटरसाईकल चोरी गर्ने १ जनालाई शंखरापुर-६ साँखुबाट मोटरसाईकल सहित ट्राफिक महाशाखाले  नियन्त्रणमा लिएको छ ।

    सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं   ६, साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा ९५ प ७९७६ नम्वरको रातो रङ्गको एनएस पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा साँगाचोकगढी-६,सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन। उक्त पक्राउ भएका मोटरसाइकल यहि पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको भनी ललितपुर बस्ने सुजित महर्जनले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ।

    पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको महाशाखाले जनाएको छ ।

    पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै