•            
    • Hikmat Dangol

    • १७ जेष्ठ २०७७, शनिबार ०७:०१

    नेपालमा जेठ ३२ सम्म लकडाउन, विमानस्थल असार १६ गतेसम्म बन्द

    जेष्ठ १७, २०७७, शनिवार । टोखा लाइभ । नेपाल सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ बसेकाे मन्त्री परिषद् बैठकले लकडाउन अवधि जेठ ३२ सम्म लम्ब्याउने निर्णय गरेकाे हाे । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै