•            
    • Hikmat Dangol

    • १४ असार २०७९, मंगलवार ०८:४८

    टोखा आइपुग्यो निकै रुचाइएको आपाचे बाइक

    टोखा लाइभ ।२०७९ , असार १४ गते ।

    काठमांडौं ।टिभीएसको बहुप्रतीक्षित आपाचे RTR 160 4V RTF1 बाइक नेपाली बजारका लागि उपलब्ध भएको छ । ,जगदम्बा बाट संचालित टिभीएसको शाखा टोखा नगरपालिका वडा नं३ मा संचालन मा आएको छ । सोमवार उक्त शाखा को एक कार्यक्रम का बिच टोखा नगरपालिका का उप मेयर मुरारी तामॉगले उद्घाटन गरेका हुन् । नेपालमा टिभीएसको बाइकहरू निकै चर्चित छन्। युवादेखि पाको उमेर समूहका लागि जगदम्बाले टिभिएसको धेरै मोडलका बाइक बजारमा ल्याएको छ।

    लन्चको अवसरमा प्रमुख अतिथि मुरारी तामॉगले भने, ‘ टोखा नगरपालिकामा सबैभन्दा चाँडो वृद्धि भइरहेको शो रूमल्े नयॉ पुस्ता व्यवसायमा सफलता प्राप्त भैरहेको महसुस हुन्छ । यसमा टोखावासीले साक्षात्कार गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।
    यसै गरी टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोल ले टोखा का युवा पुस्ता व्यवसायमा निकै अगाडी बढिरहेको देख्न पाउँदा ख़ुशी लागेको कुरा व्यक्त गरे।

    टोखा नगरपालिका वडा नं२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले पनि यस ग्रुपलाई शुभ कामना व्यक्त गरे।

    विशेषतः नेपालमा आपाचे RTR 160 4V RTF 1 , लगायतका मोडेल लोकप्रिय मानिन्छ। लोकप्रियता घट्न नदिन बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ। नेपाली बजारमा बजाज सर्वाधिक बिक्रि हुने र यसले ४५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीका मार्केटिङ हेड किरण डंगोल ले जानकारी दिए। ग्राहकलाई सर्बशुलभ मुल्यमा गुणस्तरीय सेवा दिने मुख्य उदेश्य रहेको किरणले बताए ।

    जगदम्बाले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल र स्कुटर भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको कम्पनीको दाबी छ।कार्यक्रमको अन्त्यमा टोखा लाइभ डट कमका का प्रधान सम्पादक हिक्मत डंगोल र टोखा टाइम्स का सम्पादक सुविन्द्र श्रेष्ठ लाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै