•            
    • Hikmat Dangol

    • १४ जेष्ठ २०७७, बुधबार १५:१९

    अनियमित चक्रको उपवासले स्वास्थ्य, बुढ्यौली तथा रोगमा पार्ने प्रभाव

    प्रस्तुति ः हिक्मत डंगोल

    अनियमित चक्रको उपवासले स्वास्थ्य, बुढ्यौली तथा रोगमा पार्ने प्रभावका सम्बन्धमा फेल डे कबो पी.एच.डी तथा मार्क पी. मेट्सन पी.एच.डी द्वारा वेइनड्रक एण्ड सोल जर्नलमा सन् १९९७ मा प्रकाशित लेखअनुसार जीवनभर खानाको मात्रा घटाउँदै लैजाँदा अर्थात् सीमित क्यालोरी सेवनले प्राणीको बुढ्यौली र जीवन अवधिमा उल्लेखनीय प्रभाव पार्छ । ती जर्नल लेखकहरुले प्रस्ताव गरेका छन् कि क्यालोरीको न्यूनताले हानिकारक अक्सिजनरहित फ्रि र्याडिकल अर्थात परमाणु समूहको उत्पादनमा निष्कृयतवरलेगर्ने कटौतीको परिणामस्वरुप स्वास्थ्यलाभ हुन्छ । विगतमा यो विचार सर्वमान्य भएन किनकि क्यालोरी वर्जित खाना खुवाउँदा मुसा प्रजातिहरुले आफुलाई उपलब्ध सम्पूर्ण दैनिक भोजन केही घण्टाभित्रै सक्छन् । उनीहरुको दैनिक उपवासको अवधि २० घण्टासम्मको हुन्छ र यसै समयमा केटोजेनेसिस देखा पर्छ । त्यस बेलादेखि नै जनावरहरुमा सयौं अध्ययनहरु र नियन्त्रित अन्तरालमा हुने उपवास परहेजहरुको चिकित्साजन्य अध्ययन भइरहेका छन् जसमा हरेक हप्ता दैनिक वा कैयौं दिनसम्म कलेजोबाट प्राप्त हुने ग्लुकोजलाई चिल्लो पदार्थबाट प्राप्त हुने किटोनमा बदल्ने प्रक्रियाद्धारा भई उपपाचन शैलीमा परिवर्तन हुन्छ । जीवन अवधि विस्तारमा अनियमित अन्तरालको उपवासको प्रभाव चलायमान(लिङग, भोजन तथा आनुवांशिक कारणहरुबाट प्रभावित) हुने भएता पनि, मुसा तथा मानवइतर सर्वोच्च स्तनपायी जीव अर्थात् प्राइमेट्हरुमा भएको अध्ययनहरुले स्वास्थ्य अवधिमा क्यालोरी प्रतिबन्धले लगातार सशक्त प्रभाव पार्ने देखाउँछन् । (एनइजेएम डट ओआरजीमा भाग एस तीनअन्तर्गतको पूरक सामग्रीमा यो अध्ययनको पूर्ण पाठ छ)

    जनावर तथा मानवमा भएका विभिन्न अध्ययनहरुले देखाएका छन् किअनियमित अन्तरमा गरिने उपवासको थुप्रै स्वास्थ्यलाभ केवल कम फ्रि र्याडिकल उत्पादन हुने वा वजन घट्ने परिणाम मात्रै सिमित छैनन् । बरु यस्तो उपवासले क्रमिक संरक्षणात्मक, अनुकूल कोषीय प्रतिकृयालाई उजागर गर्दछ जो विभिन्न अगंहरु बीच यसरी एकिकृत हुन्छन् कि जसले ग्लुकोज नियमित गर्ने, तनाव प्रतिरोध क्षमता बढाउने तथा सुजन कम गर्ने गर्छन् । उपवासको समयमा कोशिकाहरुले त्यसला उपायहरुलाई सकृय बनाउँछन् जसले अक्सिडेटिभ तथा पाचन प्रकृयामा हुने चापको बिरुद्ध आन्तरिक सुरक्षा प्रतिस्था प्रदान गर्दछन् । र क्षतिग्रस्त कोषहरुलाई विस्थापित वा मर्मत गर्ने गर्दछन् । भोजन अवधिको समयमा कोषहरु तन्तु विशेषको लचक्ता र वृद्धिका प्रक्रियामा संलग्न हुन्छन् । यद्यपि धेरै मानिसहरु दिनमा ३ चोटि खाना खानुको साथै त्यसमाथि खाजा पनि खान्छन् । त्यसैले यस्तो अवस्थामा नियमित उपवासका सम्भावना हुँदैन । पूर्व क्लिनिकल अध्ययनले विभिन्न जनावरहरुमा घातक रोगको रोग परिमार्जन प्रभावकारिता, मोटोपना, मधुमेह, हृदयरोग, क्यान्सर र मस्तिष्कजन्य रोगहरुसहित क्रमिक विकारहरुको विस्तृत दायरामा उपवासको निरन्तर प्रभावकारिता देखाउँछन् । पाचन प्रकृयामाथिको नियमित बदलावले उपवास अवधिको समयमा कोषहरुलाई इन्धनको लागि आवश्यक पर्ने किटोन्स प्रदान गर्ने मात्र नभई अत्यधिक नियमित प्रणालीगत र सेलुलर प्रतिकृयाहरुपनि उत्पन्न गर्दछ जसले भोजन अवस्थामा गरिने मानसिक र शारीरिक कृयाका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यहाँहामी जनावर तथा मानवमा कसरी नियमित उपवासले कसरी सामान्य स्वास्थ्य सूचकहरु तथा बुढ्यौली र रोगको प्रक्रियालाई विलम्ब गराउने वा स्थिर गर्छ भन्ने विषयमा समीक्षात्मक अध्ययन गर्छौं । प्रथमत् हामी, नियमित उपवासमा प्रायः अध्ययन भएका नियमित उपवास तालिका र पाचकीय र कोषीय प्रतिकृयाका बारेमा छलफल गर्छौं । त्यसपछि हामी पूर्वक्लिनिकल अध्ययनबाट प्राप्त उपलब्धिहरु र हालै स्वस्थ्य व्यक्ति र पाचकीय असन्तुलन भएका बिरामीहरुमा (मोटोपना, इन्सुलीन अवरोध, उच्च मानसिक तनाव वा यस्ता असन्तुलनहरु समेतमा गरिएको नियमित उपवास तालिका परीक्षणको क्लिनिकल अध्ययन बारेमा छलफल गर्छांै । अन्त्यमा, हामी नियमित उपवास तालिका कसरी प्रयोग गर्न सकिन्छ र अरुलाईसिकाउन सकिन्छ भन्ने बारेमा व्यावहारिक सूचना दिन्छौं । धेरै दिनदेखि हप्तौंसम्म लाग्ने दीर्घकालिन उपवासको बारे अभ्यासको यहाँ छलफल गरिदैँन, यस बारेमा थप बुझ्न चाहाने अध्ययनकर्तालाई हामी उपवास तरिकाबारे युरोपियन क्लिनिकल अनुभव हेर्न सुझाव दिन्छौँ ।

    स्रोतः द न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिन

    Facebook Comments

  • सम्बन्धित खवर

    थाहै नपाई गुम्न सक्छ मिर्गौला

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    डा. बोयकेका यौनसम्पर्कका लागि टिप्सहरू

    निद्रामा आँखा शान्त हुन्छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै