•            
    • TOKHA LIVE

    • २२ भाद्र २०७७, सोमबार ०८:०२

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,हिसान र युनिसेफको सहकार्यमा नेपाल स्काउटको जनचेतनामुलक अभियान :-

    नविना श्रेष्ठ

    टाेखा लाइभ ,भाद्र २२ काठमाडौं

    नेपाल स्काउटको कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धि लागी एसएमएस अभियान हिजो देखि सुरु भएको छ।
    नेपाल स्काउटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य साथै युनिसेफको सहयोगमा उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई कोभिड-१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन हिजो देखि एसएमएस अभियान संचालन गरेको हो। माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय झण्डा फराई अभियानको उद्धघाटन गरेका थिए।

    उपत्यकाका बिभिन्न स्थानमा कोभिड-१९ को सङ्क्रमण बाट बच्न र फैलन नदिन सामाजिक दुरीको परिपालना, माक्सको उचित प्रयोग र स्यानिटाइजेसन (एसएमएस) का बारेमा समुदायलाई पुनंसचेत गराउन स्काउट स्वयमसेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयको सहकार्यमा स्काउटले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

    नेपाल स्काउटका स्वयमसेवकहरु निषेधाज्ञामा पनि भीडभाड हुने उपत्यकाका बिभिन्न ठाउँमा गइ कोभिड-१९ बाट बच्न र बचाउन जनचेतनामुलक माइकिगं गर्ने, आबश्यक व्यक्तिहरुलाई माक्स बितरण गर्ने, लगायतका कार्य गर्ने स्काउटले जनाएको छ । काठमाडौंका कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो लाई क्लस्टर बनाइ अभियान संचालन हुने र भक्तपुरका सबै नगरपालिकामा पहिले देखिनै चल्दै आएको सोही प्रकृतीको अभियानलाई पनि निरन्तरता दिने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले बताए ।

    भण्डारीका अनुसार १५ दिन सम्म स्काउट स्वयम्सेवकले कोभिड-१९ जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गर्न भीड हुने ठाउँमा गएर कोभिड-१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्ने र त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र सानिटाइजर को उचित प्रयोग गर्नसमेत सिकाउनेछन्, साथै सामाजिक दुरीको पालना गराउन आग्रह गर्नेछन् । स्वयमसेवकले जनस्वास्थ्य प्रवर्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड-१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन् ।

    हिजो बिहानको ७.०० बजे देखि ११ बजे सम्म १० वटा गाडीबाट नेपाल स्काउटले जनचेतनामुलक कार्यक्रममा परिचालन गरिएको थियो।
    अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
    युनिसेफ नेपाल र हिसानले आबश्यक सहयोगको व्यवस्था गरेको थियोे ।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागी संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

  • सम्बन्धित खवर

    थाहै नपाई गुम्न सक्छ मिर्गौला

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    डा. बोयकेका यौनसम्पर्कका लागि टिप्सहरू

    निद्रामा आँखा शान्त हुन्छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै