टाेखालाइभ डट कम/ बैशाख ६,२०७८
काठमाडौं /आज बैशाख ६ र भोलि ७ गते देश ब्यापी रूपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन भएको छ ।६-५९ महिनाका उमेर सम्मका बालबालिकालाई भिटामिन ए तथा १२ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ए को साथै जुकाको औषधि खुवाइदै छ।
त्यसैले सो उमेर समुहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ए को साथै जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरिएको छ।
भिटामिन ए किन दिने ६-५९ महिनाका शिशुहरूलाई?
► ६-५९ महिनाका बालबालिकालाई भिटामिन ए प्रदान गरे बाल मृत्युदर घटाउ छ।
► दक्षिणमा एसियामा भिटामिन ए को सेवनले नवजात शिशुको मृत्युदर घटेको पाइएको छ।
जुकाको औषधि किन दिने १२-५९ महिना उमेर समुहका बालबालिकालाई?
विस्व स्वास्थ्य संगठन का अनुसार २६७,०००००० भन्दा बढी स्कूल जाने उमेर अघिका बालबालिकाहरू र ५६८,०००००० भन्दा बढी विद्यालय जाने उमेरका बालबालिकाहरू परजिवि (जुका) गहन रूपमा सर्ने क्षेत्रहरूमा बस्छन्, र त्यसैकै रोकथामका लागि यो उपचारको आवश्यकता रहेको जनसंख्या मन्त्रालयले जनाएको छ।