•            
    • Hikmat Dangol

    • ९ असार २०७७, मंगलवार ०९:४६

    गर्मीमा अनुहारको सुन्दरता

    रसिला कायस्थ

    “भनिन्छ सुन्दरता हेर्ने आंखामा भरपर्दछ ! “ यस अर्थमा हामी सबै जना सुन्दरछौं तरपनि आफुलाई अझै सुन्दर देखियोस् भनेर हामी सधैं कोसिस गरीरहेको हुनछौं ! चाहे महिला होस या पुरुष महँगो रक़म खर्चेर वा विदेशी प्रसाधनको प्रयोगले मात्र सुन्दर देखिन्छ भन्ने सोच ग़लत हो ! हामी आफैमा जे छ गर्व गर्नु जान्नु पर्दछ त्यसमा, साथै आफुमा भएको सुन्दरतालाई मेन्टेन गर्न सक्नु पर्दछ ।विशेषत : गर्मीको मौसममा अनुहारको सुन्दरतालाई निखारता दिन वा सुन्दरतालाई क़ायम राख्न म ५ कुरालाइ विशेष जोड़ दिन्छु ! सबैभन्दा पहिले Basic skin care : साधारणतया हामी अनुहार धुन्छौं र कुनैपनि face cream वा moistures लगाउछौं र make up गर्छौ तर Basic skin care भन्नाले face wash वा cleanser ले अनुहार धोइसकेपछि exfoliate / scrub ,tone , day / night cream , serum को प्रयोग भन्ने बुझिन्छ जस्ले आफुमा भएको सुन्दरतालाई यथावत राख्न तथा सुन्दरतामा निखारता प्रदान गर्दछ ! अनुहारमा भएका मृत कोशीकाहरुको सफाइ विना अनुहारमा जे लगाए पनि त्यसले कुनैपनि सकारात्मक असर देखाउदैन त्यसैले basic skin care मा scrub/ exfoliate को प्रयोग अति आवस्यक हुन्छ ताकी अनुहारमा लगाईएका cream छालाको भित्रीतह सम्म पुगोस् ! त्यस्तै tonar ले छालालाई सुख्खा हुनबाट जोगाउछ र hydrated राख्छ भने serum ले अपुग vitamin को मात्रालाई fulfil गर्छ किनकी serum मा विभिन्न किसिमका vitamin को concentration high हुन्छ र better result दिन्छ । दोस्रोमा sunscreen को प्रयोग अति आवस्यक हुन्छ ! हुनत SPF 15 , 30 वा 50 मात्रहैन हिजोआज SPF 70 पनि बजारमा उपलब्ध छन् तर आफनो छालाको sensativity अनुरुप २ देखी ४ धन्टाको अनतरालमा लगाइरहनु पर्दछ ताकी घामको चर्को किरणले छालालाई प्रत्यक्ष असर नगरोस् र छालालाई डढ्नबाट पनि जोगाओस तर sunscreen ६ महिना फन्दा पुरानो हो भने प्रयोग नगर्नुनै राम्रोहुन्छ date expire sunscreen ले छालालाई नकारात्मक असर पार्दछ त्यसैले पोहोरसालको बाक़ी sunblock प्रयोग नगर्नुहोला र नयां लिदैहुनुहुन्छ भने expire date को जांच गर्नुहोला ! तेस्रोमा ,गर्मीमा पसीना धेरै आउनेभएकोले सकेसमम्म कम make up को प्रयोग उपयुक्त हुन्छ भने make up product पनि mineral base वा SPF base भयोभने उपयुक्त रहन्छ । चौंथोमा पानीलाई bast friend को रुपमा अपनाउनु पर्दछ ! पानी पीउनु स्वास्थको दृष्टिकोणले ज्यादै फाइदाजनकछ हामीसवैलाई थाहाभएकै कुरा हो।पानीले हामीलाई स्वस्थ र फ़ुर्तीलो मात्र राख्दैन हामीलाई dehydrate पनि हुन दिदैन र अनावश्यक toxin लाई पनि सफा गर्दछ र अन्तिममा moisturiser को प्रयोग तर गर्मीमा light Taning moisuturiser को प्रयोगले make up गरीरहनु पर्ने झन्झट बाटपनि छुटकारा दिलाउंछ भने SPF content को combination ले घामवाटपनि जोगाउंछ र सबैभन्दा महत्वपुर्ण कुरात natural looks मात्रहैन natural glow वा भनौं summer glow पनि प्रदान गर्दछ ।

    Facebook Comments

  • सम्बन्धित खवर

    थाहै नपाई गुम्न सक्छ मिर्गौला

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    डा. बोयकेका यौनसम्पर्कका लागि टिप्सहरू

    निद्रामा आँखा शान्त हुन्छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै