•            
    • Sanu Raj Dangol

    • २० जेष्ठ २०७७, मंगलवार १५:०३

    क्षमता बढाएर लकडाउनको विकल्प खोज्न जनस्वास्थ्य चिकित्सक समाजका ६ सुझाव:

    टोखा लाइभ,जेठ २० काठमाडौं : नेपाल पब्लिक हेल्थ चिकित्सक समाजले स्वास्थ्य क्षमता विस्तारमा ध्यान विनाको निरन्तर लकडाउनलाई मुलुकले थेग्न नसक्ने भन्दै लकडाउनको उययुक्त र सुरक्षित विकल्प खोज्न सरकारलाई सुझाब दिएको छ ।
    केही दिनमै धेरै संख्यामा विदेशबाट नेपाल भित्रिनसक्ने सन्दर्भमा हालका क्वारेन्टाइनको वैकल्पिक ढाँचाबारे सोच्न ढिलाइ भइसकेको भन्दै समाजले लामो लकडाउन मुलुकले थेग्न नसक्नेतर्फ सचेत गराएको हो।
    समाजले मंगलबार विज्ञाप्ति जारी गरेर कोरोनाको परीक्षण, क्वारेन्टाइनको व्यवस्थापन, कन्ट्रयाक ट्रेसिङ, सघन उपचार सेवा विस्तारलगायतका विषयमा ६ बुँदे सुझाबसमेत दिएको छ ।

    समाजका तर्फबाट अध्यक्ष डा. भीम आचार्य, उपाध्यक्ष डा. नरेशप्रताप केसी र महासचिव डा. अमित भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञाप्तिमा अब कोरोनाको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न र तत्काल रिपोर्ट आउँने व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ।
    चिकित्सकहरुको समाजले संक्रमितको संभाव्य संख्यालाई भविष्यमा गहन उपचार चाहिनसक्ने भन्दै भौतिक सुविधा, जनशक्ति, औजार र उपचकरण तयारीमा समेत ध्यानाकर्षण गराएको छ ।
    समाजले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयकै मापदण्डअनुसारका क्वारेन्टाइन व्यवस्था गर्न र नियमित मनो सामाजिक परामर्श दिनसमेत आवश्यक रहेको औल्याएको छ ।
    चिकित्सक संघमा समेत आवद्ध रहेको समाजले उपचार र रोकथाममा खटिने स्वास्थ्यकर्मीमाथि बढिरहेको भौतिक असुरक्षा, सामाजिक विभेदप्रति समयमै सचेत हुन आग्रह गरेको छ गरेको छ ।
    समाजले मृत्यु भएकाको अन्तिम संस्कारमा यदाकदा देखिने भेदभाव एवं अमानवीय व्यवहारकोसमेत निन्दा गरेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै