•            
    • Hikmat Dangol

    • १८ जेष्ठ २०७७, आईतवार ११:२५

    मूला : जस्को पीछा गर्न कहिल्यै नछोड्नोस ।

    – हिक्मत डंगोल

    मूला एक फाइदा अनेक


    एउटा बारीको मूला उखेलेर खाए विसेक हुने रोगलाई तपाई हस्याङ फस्याङ गर्दै गे्रन्डी अस्पतालको लामो लाइनमा उभिनु जानुहुन्छ भने तपाईलाई बुद्धिमानी कसरी भन्ने ? त्यसैले आउनोस् मूला खानुहोस् र बुद्धिमानी बन्नुहोस् ।
    जसले प्रतिदिन एउटा काँचो मूला खान्छ, उसको रंग उज्यालो भएर आउँछ । अनुहारका दाग र डन्डीफोर हटाएर अनुसारमा निखार ल्याउनका लागि मूला निकै सहायक सिद्ध भएको छ । शरीरको गर्मी हटाएर जाँगिरिलो बनाउनका लागि पनि मूला खानु आवश्यक हुन्छ । मूलामा फलामको मात्र पर्यात्त हुने भएकोले रगत सफा गर्नमा यसको स्थान सर्वाेपरी छ । यसै गुणको परिणाम स्वरुप मूला खाने व्यक्तिका हातगोडाका नङहरु समेत लालिमा युक्त देखिन्छन् । ओठहरुमा पनि यसको प्रभाव पर्ने भएकाले वृद्धा व्यक्तिले पनि मूला खाने गरेका छन् भने उसका ओठहरु युवतीका जस्ता गुलाफी बन्छन् । मूलाले शरीरमा रहेको दुषित वायु ऋयद्द फालेर त्यसको ठाउँमा जीवनदायी वायु अक्सिजन परिपूर्ति गर्न सहयोग पु¥याउछ । यसमा भिटामिन ‘ए’ तत्व पनि पर्यात्त रहने दृष्टि बढाउनका लागि लगाएको चश्मा फुकालेर मूला खान थाल्नु वुद्धिमानी हुन् आउछ ।
    थकाई मार्ने र मस्त निन्द्रा लगाउने मूला सन्तान जन्माउनेहरुका लागि त झन अनिवार्य देखिन्छ । किनभने मूलाले नै रज र वीर्य पुष्ठ बनाउँछ र नपुसकताबाट रक्षा गर्छ ।
    छुँदा चिसो लाग्ने मूला चिसोको नै औषधि मानिन्छ । खोकी र दमको लागी मूला रामवाण औषधि भने हुन्छ । यसमा क्याल्सियम तत्व रहने भएकाले दाँत र हाड बलियो पार्न उत्तिकै मद्दत गर्दछ । यसले मूत्राशयको पत्थरी निकाल्न पनि उतिकै मद्दत गर्दछ । आयुर्वेदका अनुसार मूलाले पत्थरी पगाल्नमा मद्दत गर्दछ ।
    मूलामा सोडियम र क्लोरिन हुने हुनाले यसले शरीरको मल निकालिदिन्छ र अपचलाई ठीक पार्छ । एसिडिटी भएर पेट पोलेको छ, अमिलो डकार आउँछ र अम्लपित्त बढेको छ भने पनि मूला नै सहायक सिद्ध हुन्छ । पेटका कीरा पार्न र पेटभित्रको घाउ निको पार्न पनि दैनिक एउटा मूला खानुपर्छ ।
    खाने मात्र होइन, लाउने औषधिको रुपमा पनि मूलाको प्रयोग गरिन्छ । पोलेको घाउमा मूलालाई पिसेर लगाउनले घाउ कम हुन्छ र घाउमा पानी भरिन पनि दिदैन । घाँटी बसेको छ भने ५ ग्राम मूलाको बीऊ पिसेर चिसो पानीसँग खानाले आवाज खुल्छ । मूलाको वीऊ नौनी घिउसँग खानाले पुरुषत्व बढछ । मूलामा गन्धक तत्व भएको हुनाले सबै प्रकारका चर्मरोगका निको पर्छ । उच्च रक्तचापका रोगीहरुका लागि मूला प्रकृतिको उत्तम वरदान मानिएको छ । भोजनको साथमा एउटा मूला खानु हरेक दृष्टिले लाभदायक हुन्छ ।
    कानको श्रवण शक्ति ठीक राख्नका लागि दुई तत्वको आवश्यकता पर्दछ । यो तत्व हुन् सिलिकन र आयोडिन । यी दुवै तत्व पनि मूलामा मै पाइन्छ । गाजर, मूला र सलगमलाई बोक्रा सहितै सफा गरी पानीले धोएर कागती निचोरेर खाने हो भने श्रवण शक्ति बद्छ ।
    मूलाको पात हालेर उमालेको तेल कानमा हाल्नाले दुखेको कान विसेक हुन्छ । घँुडा, काँध तथा अन्य जोर्नीहरु कुजिएमा पनि मूला खाएर विसेक पार्न सकिन्छ । हल्लिएको गर्भ स्थिर गर्नुछ भने मूलालाई उमालेर त्यसमा मिस्री मिसाएर खानुपर्छ । सुन्निएको सन्चो पार्नका लागि पनि तातो पानीमा मूलाको रस मिलाएर त्यस ठाउँमा धुनुपर्छ । मृगौलाको रोगीका लागि पनि मूला लाभदायक हुन्छ । पिसाब सम्बन्धी सबै रोगका लागि मूला लै राम्रो औषधि हो ।
    तपाई ज्यादा मोटाउनु भएको छ र चुस्ट बन्न चाहनुहुन्छ भने कहिल्यै मूलाको पिछा नछोड्नोस । मूलामा क्षार तत्व हुने भएकोले बोसो नास गर्ने शक्ति हुन्छ । अतः मूलाको निरन्तर सेवन गरेर मोटाइ कम गर्न सकिन्छ । मूलाको रसमा नून र कागतीको रस मिलाएर पिउनाले फर्सी जस्तो हल्लिने शरीर पनि केही दिनमै आकर्षक लौका जस्तो देखिन्छ ।
    पानीमा मूलाको रस मिलाएर टाउको नुहाउनाले जुम्रा र लिखा मर्दछन् । मूलाको वीउ र पात पिसेर कागतीको रस मिसाई लगाउनाले दाद ठीक हुन्छ ।
    नविर्सनुहोस् मूला जहाँसुकै पाइन्छ र सस्तो पनि छ । तर यसका गुणहरु भने अनगिन्ती छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर

    थाहै नपाई गुम्न सक्छ मिर्गौला

    ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

    डा. बोयकेका यौनसम्पर्कका लागि टिप्सहरू

    निद्रामा आँखा शान्त हुन्छ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै