•            
    • TOKHA LIVE

    • १४ माघ २०७७, बुधबार ०८:४८

    आजदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान:-

    टाेखा लाइभ / माघ १४ काठमाडौं  :

    आजदेखि  नेपालमा पनि कोरोनाविरुद्धको खोप लगाइँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।सातै प्रदेशका ६२ अस्पताल र १ सय २०  केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाइने सरकारले जनाएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नेछन् ।काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र बनाइएको छ।

    पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउने छन् । भारत सरकारको अनुदानमा माघ ८ गते दिएको १० लाख मात्रा खोप नेपाल ल्याइएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

    पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै