धेरै कुराहरु माया मार्दै हुर्केका
संधैभरि दुख भोगेका उनलाई
कसैको अभाबले फरक पदैन
सुखको खासै कुनै अर्थ हुँदैन
भिड माझको एक्लो यात्री उ
गन्तव्य बोकेर कतै हिंड्दैनन्
हिउँद होस् या गर्मी मौसमनै
एकै दिनचर्यामा भुलिरहन्छन्
सबैबाट बेस्सरी ठगिँदै हुर्केका
उनले जीवन लक्ष भुलिसकेछन्
दुखेर मुटु रुन बिर्सिसकेका उ
चिन्ने देख्दानि हाँस्न सक्तैनन्
बिहान होस् या रातकै प्रहरमा
आकास ताकेर टोलाइरहन्छन्
संधै उपहासमा टुक्रिएर हुर्केका
उनले मृत्युलाई तर्साइसकेछन्
–ओमशंकर श्रेष्ठ–
१३ , जेष्ठ , ०७७