इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले पालैपालो दुई जना मालिकको घरमा काम गरेका थिए । उनको साहित्यमा रुचि र विद्वत्ता देखेर दोस्रो मालिकले इसपलाई दासबाट मुक्ति दिएका थिए ।
इसपका जीवनोपयोगी भनाइहरु :
अण्डाबाट चल्ला ननिक्लदै चल्ला गनेर नबस ।
सबैलाई खुशी पार्ने कोसिस गर्दैछौ भने तिमीसंग कोही पनि खुशी हुँदैन ।
आफ्नो जिन्दगीमा आफ्नो लागि ठाउँ राख । र, त्यही ठाउँले तिमीलाई बचाईराख्नेछ ।
मान्छे चिच्याएर रुँदैमा, ऊ सबैभन्दा दुखी व्यक्ति हो भनेर बुझ्नु मूर्खता हो ।
मानिसहरुले धेरैजसो समय अमूल्य कुरालाई नचिनेर अवमूल्यन गरिरहेका हुन्छन् ।
सबैभन्दा उत्तम सेवा भनेको आफूलाई आफैले सहयोग गर्नु हो ।
व्यक्तिलाई उसले गर्ने संगतको आधारमा चिन्न सकिन्छ ।
खराब मालिककहाँ काम नगर्दा सम्म एउटा नोकरले असल मालिकलाई चिन्न सक्दैन ।
छायाँको पछि लागेर वास्तविक वस्तुलाई नगुमाऊ ।
आफूले गल्ती गरेर सिक्नु भन्दा पहिले अरुले गरेका गल्तीबाट सिक्ने प्रयास गर ।
दया र मायाले गरिएको कार्य जतिसुकै सानो होस्, खेर जाँदैन ।
दिमाग जति साँघुरो हुन्छ, घमण्ड त्यति नै बढी हुन्छ ।
एकताले उभिन सकिन्छ, एक अर्काको हात छोड्यौ भने लड्न सकिन्छ ।
जहाँ अभाव र आवश्यकता हुन्छ, त्यहाँ नै नयाँ आविष्कार हुन्छ ।
सुरक्षित स्थानमा बसेर साहसी बन्न सजिलो छ ।
कोही पनि व्यक्ति हरेक कुरामा उत्कृष्ट हुन सक्दैन ।
व्यक्तिको लुगामा होइन, उसको सोंचमा ध्यान देऊ ।
यदि तिमीले आफ्नो फाइदाको लागि कसैसंग सम्बन्ध बढाउछौ भने उनीहरुले तिमीमा आफ्नो फाइदा हेर्न थाल्छन् ।
विस्तारै तर निरन्तर हिंडीरहेको व्यक्ति विजेता बन्छ ।
हाम्रो सोंच्न सक्ने क्षमता जति बढी छ, सफलताको सम्भावना पनि त्यति नै बढी हुन्छ ।
झुट बोल्ने व्यक्तिले कहिलेकाहीं सत्य नै बोल्यो भने पनि त्यो झुटो सम्झीइन्छ ।
अरुले धकेलेर अगाडी बढ्ने व्यक्तिले भन्दा आफै प्रेरित भएर पाइला चाल्ने व्यक्तिले प्रगति गर्छ ।