चन्द्रा न्यौपाने
जन्मः तनहूँ
हालःटोखा नगरपालिका – ८, बानियाँटार, जालपाचोक, काठमाडौं टोखा नगर सभा सदस्य।
फेसबुकबाटै सबैलाई हार्दिक नमन !
यसैबाट सबलाई तीजको शुभकामना !
यस्तै भयो बाबा आमा अहिलेको यो तीज,
रमाउन पाइएन जमघटका बीच।
विश्वैभरि एकैसाथ,यो कोरोना आइरा’छ,
एकैसाथ विश्वलाई नै यसले खाइरा’छ।
हामरो देशमा त झनझन बढ्दै आइरा’छ,
सबैलाई यही भाइरसको डर लाइरा’छ।
यही कुरालाई मनमा लिई पीर गरेर नबसौं,
आत्मबल बढाउन हाँस्दै हँसाऔं।
मास्क र सेनिटाइजर कत्ति पनि नछुटाऔं,
हेलचेक्र्याइँ गरेर जीवन नलुटाऔं।
साबुन पानी त झन छुटाउनु नै हुँदैन,
सफासुग्घर नभई त झनै हुँदैन।
आफ्नाबाट सर्दैन भन्ने भ्रममा नपरौं,
आफ्नालाई नि बोलाएर भीड नगरौं।
भिडियो कल गर्दै गीत सुनौं सुनाऔं,
भिडियोकलमै नाचौ रमाऔं बरिलै,
पूजाआजा ब्रत पनि घरैमा गरौं है,
मन्दिरको भीडभाडमा नपरौं है।
सचेत भएर हामी अघि बढे’सी,
यो भाईरस पक्कै छिट्टै ढल्छ बरिलै।
त्यसपछि नै सबै मिली जमघट गर्दै रमाऔंला,
हाँस्दै खेल्दै रमाउँदै अघि बढौंला।
फेरि पनि सबैलाई गर्दै हार्दिक नमन,
सुस्वास्थ्य र दीर्घायुको शुभकामना !!
आमा,बुबा, दिदी, बहिनी, दाजु र भाइलाई,
साथी, सँगी, इष्टमित्र, छिमेकीलाई।
एकैसाथ सबैलाई राखँदै मनमा,
यो तीजको पुनः सबलाई शुभकमाना !!!
यो तीजको पुनः सबलाई शुभकामना !!!
यो तीजको पुनः सबलाई शुभकामना !!!