•            
    • Hikmat Dangol

    • १२ श्रावण २०७७, सोमबार ०८:२६

    वर्षमा दुईपटक जन्मिएको मान्छे म !

    .बाबुराम घिमिरे PHD SCHOLAR

    २०७७ श्रावण ०९ गते शुक्रबार, आज मेरो जन्मदिन, महान दिन ! जन्मदिन, आफैंले पुकारा गर्नुपर्ने दिन, बाबु आमालाई सम्झिनुपर्ने दिन | एउटा परिवारमा शिशुको जन्म हुँदा, सबैभन्दा बढी खुसी को हुन्छ? धेरैले भन्छन्, आमा, बाबु , हजुरआमा, हजुरबा, मामाघरको आमा, मामा घरको हजुरबा, अनि वल्लो, पल्लो, तल्लो, उपल्लो घरको छिमेकी आदि | सबैले सम्झनुआफ्नो कर्तव्य हो जन्मदिनमा ! त्यो शिशु बच्चा त पक्कै पनि धेरै खुसी छैन किनकी जन्मनेबित्तिकै रुन्छ ! तर स्वास्थ्यको हिसाबले जब बच्चा रुन्छ तबआमा खुसी हुन्छन्, किनकी बच्चाहरु रुनु भनेको स्वस्थताको संकेत हो |

    एउटा बाबु हुनुको नाताले, आमाको पीडामा साक्षतकार हुँदाहुँदै पनि, आमालाई जति थाहा छैन | अंगप्रत्यंगहरु छिनेर, तोडमोड हुँदै, विभिन्न छिद्र र धर्साहरु चिरा बन्दै गर्दाको पीडा, बयान रअनुमान मात्र गर्न सक्दछु की, त्यस्तो पीडा जति जीवनमा अरु पीडा छैन होला | जुन पीडामा पनि आमा जति खुशी, अरु कोही हुँदैन, यही हो जन्म दिनको महत्व ! यीमध्ये जन्मदिन हरेक वर्षको एकपटक आफैले आफैलाई मनन गर्ने, मित्रजनहरुको, विभिन्न संघसंस्था रहेका, देशी-बिदेशी मित्रहरु मलाई सम्झने र कतिपय अपरिचित मित्रहरुले पनि संलग्न दिन रहेछ यो जन्मदिन | जन्मदिनलाई बेखुसी मान्य त प्रश्न नै भएन तर गहिरिएर विचार गर्दाखेरि जन्मदिनहरु अर्थपूर्ण बनाउन सकिँदैन भने त्यसको पनि कुनै महत्व भए जस्तो लाग्दैन |

    २०६४ साल मंसिर ३ गते बाट ६४ वर्षको उमेरमा, आमाले प्राण त्याग गर्नुभयो | २०७४ साल मंसिर ०६ गते बाट ९४ वर्षको उमेरमा, बाबाले प्राण त्याग गर्नुभयो | विधि परम्पराअनुसार दुवैलाई पोलेर खरानी बनाइयो, ति दर्दनाक घटनाहरु, दृश्यहरु जति छन्, कसरी कसरी गरियो आँखैअगाडि भूमि रहेछ घुमिरहेछ | मर्नु, काजकिरिया सम्पन्न गर्न पनि कठिन, जन्म कठिन, जीवन जिउननै कठिन, आमाको गर्भ रहँदा देखि मृत्युपर्यन्त सम्म स्तर- स्तरका संघर्ष र कठिनाइहरू भोग्नुनै जीवन रहेछ | जे होस् मेरो जन्मदिन अनुमान मात्राको दिन, प्रष्ट छैन जन्मदिनको बारेमा, मैले सोध्न भ्याइन, सोध्नु पर्ने थियो, मेरा स्वर्गवासी बा-आमालाई | मानिसको जिवनमा एउटा महत्वपूर्ण कुरा चीना रहेछ, तर मेरो वास्तविक चिना छैन, जन्मदिनको निश्चित ठेगान पनि छैन |

    मृत्यु र जन्ममा विभिन्न मुलुकमा विभिन्न परम्पराहरू हुन्छ, हाम्रो परम्परामा मृत्युलाई महान् दुखको रुपमा लिइन्छ भने कतिपय मुलुकमा उत्सव, हाम्रै मुलुकका कतिपय जातिहरुमा उत्सव भनिएपनि हुन्छ, जस्तो बाजागाजा, भोजभतेर हुन्छ | व्यक्तिगतरुपमा पनि मान्छे कि दुःखमा पिइदिन्छ कि त सुखमा, पिउन एउटा बहाना बनाउँछ, त्यो मृत्युको बाहनामा पनि भोजभतेर, अनि जन्मदिनमा पनि | त्यसैले मलाई मेरो आफन्तको मृत्यु का दिनमा खुसी हुनु वा दुःखी दोधारमा पुर्याउँछ | कतिपय जातिहरूको मृत्युमा जबर्जस्ती भएपनि रुवावासी गर्ने पर्ने परम्परा छ | मनै भित्रबाट नआएपनि त्यतिकै रुँदै र कराउँदै गर्ने परम्परालाई के भन्ने ?

    २०४३ साल मा जब एस.एल.सी. पास भए, तब नागरिकता बनाउन सदरमुकाम गोरखा बजारमा ७ घण्टा पैदल हिँडेर जानुपर्दथ्यो | त्योभन्दा अगाडि कक्षा १० को परीक्षा फारम भर्दा जन्ममिति राख्नुपर्ने भयो, घरमा फोन गर्ने सम्भावना थिएन त्यसो भएको हुनाले २०२६/१२/२४ गते राखियो गते चाहिँ प्रष्ट होइन अरु चाहिँ यथार्थ हो | त्यतिखेर जे मनमा आयो सोही गते आफूले राखेको, सजिलो हुने गरी , यही नै मेरो वास्तविक, आधिकारिक र नागरिकताअनुसार जन्ममिति हो | म निश्चित हुन सकेको अवस्था छैन बाबा आमा पनि सचेत नै हुनुहुन्थ्यो, दाजुहरु शिक्षक हुन्थ्यो | दाजुभाइमा म कान्छा भाई हो | उहाँहरु सबै शिक्षित भए पनि जन्म मितिको तथ्य गत गति चाहिँ अहिलेसम्म प्रष्टता छैन | विवाह गरियो बच्चाबच्ची ठूला भए शहरमा पढाउने, ठूलो मान्छे बनाउने, मेरा बाबा-आमा का अधुरा सपना घुमेर छोराछोरी मार्फत म पुरा गर्न चाहन्थे, त्यसैले भूमिका मिलाएर काठमाडौँ पढाउने यतै बस्ने व्यवस्था मिलाइयो |

    अनि बल्ल थाहा भयो जन्मदिन मनाउने तरिका, आफै जान्ने भएर जन्मदिन पर्वका रुपमा मनाउन थालिएको झण्डै ३४ वर्षपछि मात्रै यो हो | २०५८ सालतिर बाट मात्र मोबाइल प्राप्त भयो अनि बल्ल फेसबुक सिर्जना भएपछि फेसबुकले सम्झाउन थाल्यो जन्म दिन | पटक-पटक फेसबुकमा समस्याहरू आइपर्दा फेसबुक नयाँ बनाउनुपर्ने भयो, नयाँ बनाउँदा हतार आदि कारणले, छोराछोरीलाई अलि चलाख अथवा काममा उनीहरुलाई व्यस्तता गराउने उद्देश्यले सहयोग लिदा तिथि मितिहरु आ-आफ्नै तरिकाले राखिदिन्छन्, के हुन्छर भन्ने हुन्छ सोहीअनुसार साल, महिना र गते अन्तर हुन गयो | त्यसैले फेसबुकले हिजो मेरो जन्मदिन सुचित गरायो, सोहीक्रममा फेसबुक अरु विभिन्न माध्यम मार्फत शुभकामना व्यक्त गर्नुहुने समकक्षी हरु, नातागोता हरु, सहकर्मीहरू, विद्यार्थी भाइबहिनीहरु र सम्बोधन गर्न बाँकी हरु झण्डै १५०० जनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु | परिणामस्वरूप , म पनि दुईपटक जन्मिए एकपटक २०७७/०४/०९ गते अर्कोपटक २०७७/१२/२४ गते गरी दुईपल्ट जन्मदिन मनाउने सौभाग्य प्राप्त भयो, फेसबुक मार्फत पुन सबैलाई धेरैधेरै धन्यवाद !

    किनकि फेसबुकले त केही गल्ती गरेको छैन, यहाँहरुले सूचनालाई अझ छिटोछिटो सम्प्रेसन गर्नुभयो ! यहाँ मेरो आफ्नै कारणले , भ्रम सिर्जना भएको हुनाले फेसबुकलाई सहि र यथार्थ तथ्यांक सहितको सूचना सम्प्रेषित को माध्यम बनाउन जरुरी रहेछ भन्ने मैले सिकी सकेपछि, देश/विदेशभरि रहनुभएका महानुभावहरुलाई सही सूचना सम्प्रेसित गर्ने उद्देश्यले, यी हरफहरु कोर्ने चेष्टा गरेको छु | यो सामान्य परिवेशबाट एउटा ज्ञान प्राप्त भएर सबैको बिचमा जान पाउँदा खुशी व्यक्त गर्दछु भने, यसबाट पर्न गएको असुविधा को लागि सबै सबैसँग क्षमायाचना व्यक्त गर्न चाहन्छु | हरेक जन्मदिनमा मानिसले आफु जन्मनु र मर्नु बीचको अवधिभर पृथ्वीमा बाँच्नुको औचित्य पुष्टि गर्न सक्नुपर्दछ | आगामी वार्षिक योजनाका लागि जन्मदिनको स्मरण गरिन्छ | म बाट यसमा सुधार हुने र अरुले पनि यसबाट पाठ सिक्न हार्दिक अनुरोध गर्दछु | हाम्रो शरीरमा जनेन्द्रीयको संख्यामध्ये अब एक थपिएर हाम्रो शरीर सञ्चालन भइरहेको छ, त्यो हो आइ.सि.टी. प्रणाली |

    यो प्रणालीमा बौद्धिक जगत् कोअन्योन्याश्रित सम्बन्ध हुन जरुरी छ | अहिले यो प्रणालीलाई सचेत ढंगले चलाउन सक्नु, सिक्नु हाम्रो कर्तव्य हुन जान्छ | यो नेपालमा बहुसंख्यक सहरिया भागमा अपरिहार्य भएको छ भने ग्रामीण भेगमा पनि यसको प्रभाव बढ्दो छ | तसर्थ यसको सही सदुपयोग र प्रयोग गर्नु आजको आवश्यकता हुनजान्छ |
    २०७७/०४/०९ गते त्यसदिनको बिहानै उठे करिब एक घण्टा जति केही घरायसी कामहरुमा व्यस्त भए | त्यसपछि मेरो दैनिकी समाचारहरुमा ध्यान भयो | एउटा लेख सक्नुपर्ने भएको हुनाले त्यसैको प्रेसरमा लागिरहे | विद्यालय जाने कार्यक्रम थियो | त्यसपछि मेट्रो एफ मा कलास थियो | फर्केर आएपछि पीएचडी क्लासको अनलाइन कक्षा ६: ० बजे सम्म चलिरह्यो | अनि मात्रै राम्रोसँग मैले फेसबुक हेर्ने मौका पाए | समय घर्किसकेको रहेछ अब सहि सुचना सम्प्रेषण दिनभन्दा धन्यवाद दिन उपयुक्त देखियो |


    पत्रकार र पत्रिकाले पनि शुभकामना दिई सकेको , महत्वपूर्ण मान्छेहरुले ट्याग गरिसक्नु भएको हुनाले, र करिब १000 जान मध्ये, एकजनाले वर्षमा दुईपटक पर्न गएको जन्मदिनका लागि शुभकामना शर भनेर लेख्नुभएको रहेछ ! फेसबुकले मान्छे जन्माउने र यस्ता मान्छेहरु थुप्रै भएको फेसबुकले जन्माएका म जस्ता अरु मान्छेहरुलाई सम्झे ! त्यो मध्य म पनि एउटा हु, कति छन कति यस्तै मजस्तो मान्छेहरु, मैले कति लाई शुभकामना दिए होला भन्ने लाग्यो ! अनि शुभकामना दिँदैमा, अरु ठूलो बेठिक त केही भएन ठिकै छ भन्ने पनि भयो | जेसुकै होस फेसबुकले जन्माएका मान्छेहरु, मध्ये वर्षमा दुईपटक जन्मिएको मान्छे म !

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै