•            
    • Hikmat Dangol

    • ६ कार्तिक २०७९, आईतवार १८:२६

    उपहारको मूल्य

    • सुरज पौड्याल

    भोलि फूलपातिदेखि अफिस बन्द हुने भएकाले बाँकी सबै काम सकेर मदन बाहिरियो ताकि दशैंको छुट्टीपछि फर्किँदा पुरानो कामको भूतले नपच्छ्याओस्। वातावरण दशैंमय भईसकेको थियो। स्कुल र क्याम्पस पढ्नेहरू घटस्थापनादेखि नै काठमाडौं छोड्न थालिसकेका थिए। साँझ समाचारमा आज यतिजना, भोलि उतिजना नागढुंगाबाट बाहिरिए भन्ने खबर आउन थालेको एक हप्ता भईसकेको थियो। अरू त अरू उसका सहकर्मीहरूका कुर्सी पनि खाली भईसकेका थिए। यसपालि मदनलाई यस्ता समाचारमा खासै रूचि थिएन किनभने यो साल उसको आमा बित्नुभएकोले घरमा दशैं थिएन। त्यसैले गाउँ जानु थिएन। यत्तिकै बस्नुभन्दा बरू कतै घुम्न जाने उसको योजना थियो।

    अफिसबाट निस्केर कतै नलागी मदन घर गयो। बैठक कोठामा पत्नी मुना टीभी हेरेर बसिरहेकी रहिछन्। त्यता नअलमलिएर ऊ लुगा फेर्न सिधै बेडरूममा छिर्यो। आज ऊ निकै थाकेको थियो। लुगा फेरेर हातमुख धोई ओछ्यानमा डङरङ्ग पल्टियो। पल्लो कोठामा टीभीबाट आईरहेको आवाजमा उसको ध्यान मोडियो। कोही एकजना भद्र स्वरमा भन्दैथिए, लक्ष्मी पनि धेरै किसिमको हुनुहुन्छ, हामीले सामान्यतयास् बुझेको धनलक्ष्मी हो। भोगलक्ष्मी खुशी नभई धनलक्ष्मी मात्रै खुशी हुनुभो भने धन त प्राप्त हुन्छ तर त्यसको भोग गर्न पाईंदैन। अनि अरू कुन कुन लक्ष्मीको कुरा पनि आउँदैथियो, मदनको दिमागचाहिँ आज अफिसमा उसले बाँडेका उपहार थाप्नेहरूले कुन लक्ष्मीलाई खुशी पारेका होलान् भन्नेतिर दौडियो।

    दशैं र तिहारताका उसको अफिसले विभिन्न व्यक्तिहरूलाई बर्षेनी नगद र जिन्सी उपहार बाँड्ने गरेको छ। मदनलाई याद भएदेखि यसरी उपहार थाप्नेहरू पदीय हिसाबले उही हुन्छन्, अनुहारभने कोही दोहोरिरहन्छन्, तेहेरिन्छन्, कोहि पटके हुन्छन्। सरकारी कर्मचारीदेखि स्थानीय क्लबका हर्ताकर्तासम्मले हैसियत अनुसारको भाग पाएका हुन्छन्। हैसियत अनुसार नै कतिजना उसकै अफिसमा आएर बुझेर लान्छन् त कतिको घर वा अफिसमै पुर्याउनुपर्ने हुन्छ। अधिकांश उपहार खुशीले भन्दापनि बाध्यताले बाँड्नु परेको उसलाई थाहा छ। हाकिमले सिधै नभने पनि उनको हाउभाउबाट उसले यो कुरा राम्ररी बुझेको छ। उसलाई सम्झना छ, पोहोरको दशैंमा हाकिमले एकजनाको नाम लिँदै लौ लौ, त्यसलाई मन्साएर पठाईहालु भनेको।
    हैन, तपाईं किन टोलाईरहनुभएको मुनाको आवाजले उसको सोच भङ्ग भयो। तिमीले गर्दा नि। उसले भन्यो। मुनाको आश्चर्य मिश्रित आँखामा हेर्दै उसले भन्यो – तिमीले सुन्दै थियौ नि कुन स्वामीको कुरा, हो त्यसैको प्रभाव हो यो। मुनाले केही बुझिन। बुझ्नु आवश्यक पनि ठानिन। ल भो भो, छिटो हातखुट्टा धुनूस् र खाजा खान आउनूस भन्दै ऊ भान्छातिर लागी।
    दिनभरि अफिसको मेच बसाइले उसको ढाड दुखिरहेको थियो। खाजाको प्लेट लिएर बैठक कोठामा छिर्यो, टीभी अगाडि गलैंचामा खुट्टा पसारेर सोफाको आड लगाएर बस्यो र खान थाल्यो। टीभी चलिरहेको थियो, उसले रिमोट घुमायो। एउटा च्यानलमा परिचित अनुहार र आवाज आयो।

    हेर्नुस् हामी नियम कानून अनुसार चल्ने हो, यो वा ऊ भन्दैनौं। कसैको कुनै किसिमको प्रभावमा परेर नहुने काममा आँखा चिम्लिने र हुने काममा भाँजो हाल्ने काम गर्दैनौं। अगाडि तेर्स्याईएको माईकमा मुखै टाँसौंला जसरी एकजना बोलिरहेको थियो। आच्या फेरि उही झुरप्रसाद पो रहेछ १ ( अनायासै मदनको मुखबाट निस्क्यो। को झुरप्रसादरु( सँगै बसेर तरकारी केलाईरहेकी मुनाले सोधी। देखिनौ त्यसको युनिफर्मरु मदनले भन्यो। मुनाले के ठानीभने त्यो मान्छे मदनको परिचित हो र उसलाई टीभीमा देखेर मदन उत्साहित भएको हो। मुनाले आफ्नो प्रश्नको उत्तर पाईसकेकी थिई तर मदनभित्र एकपछि अर्को प्रश्न उब्जिरहेको थियो।

    झुरप्रसाद जस्तो पात्रले मिडियामा कसरी ठाउँ पाउँछरु
    झुरप्रसादलाई हाकाहाकी झूट बोल्ने साहस कसरी आउँछरु
    झुरप्रसाद जस्तो पाखण्डीको राज कहिलेसम्म चल्छ र
    तर कुनैपनि प्रश्नका उत्तर ऊसँग थिएन।हैन किन टोलाईरहनुभएको( खाजाको प्लेट जस्ताको तस्तै देखेर मुना कराई। झसङ्ग हुँदै आँखा टीभीको पर्दाबाट नहटाईकन मदनले आफ्नो हात पूर्ववत् खाजाको प्लेटतिर बढायो।

    वास्तविक नाम नुरप्रसाद आचार्य भएपनि उठबस गर्ने सबैले उसलाई झुरप्रसाद भनेर चिन्थे अगाडि नुर सर भनेर सम्बोधन गरेपनि। झुरप्रसादसँगको उसको परिचय पुरानै थियो, अघिल्लो अफिसमा हुँदादेखि नै। त्यहाँबाट पनि धेरैचोटि झुरप्रसादले विभिन्न उपहार पाउँथ्यो। त्यसबेलासम्म झुरप्रसाद आफैँ अफिस धाउँथ्यो त्यसका लागि। समयक्रममा उसले आफ्नो हैसियत बढाउँदै लग्यो। मदन अहिलेको अफिसमा आईपुग्दा झुरप्रसादको हैसियत उसको भाग उसको अफिसमै पुर्याईदिनुपर्ने भएको थियो। सोहि मुताबिक यो वर्षको उपहार एकजना सहयोगी मार्फत मदनले हिजो मात्रै झुरप्रसादको अफिसमा पुर्याउन पठएको थियो। यस्ता उपहारको बदलामा मदनका हाकिमले नमिल्ने काम पनि झुरप्रसादबाट फत्ते गराउँथेभने मिल्ने कामका लागि उसबाट हुनसक्ने पदीय दुरूपयोगको शिकार हुनुपर्थेन।

    मदनलाई सम्झना छ, एक वर्षको दशैमा अनुगमनको नाममा झुरप्रसादले एकजना व्यापारीको पसल १५ दिन बन्द गराईदिएको थियो। दशैं सुख्खा बितेपछि तिहारको मुखमा मात्र उसले पसल खोल्न पाएको थियो। मदनलाई पछि थाहा भयो, झुरप्रसादले त्यो पसलबाट बीस हजार जतिको सामान उपहार स्वरूप लिन खोज्दा ती व्यापारीले आधा मोल भएपनि दिन अनुरोध गरेका रहेछन्। त्यसपछि त के चाहियो, दशैंको मुखमा कालोबजारी गरेर उपभोक्ता ठग्ने भन्दै झुरप्रसाद कराउन थाल्यो। भीड जम्मा भयो, त्यतै घुम्दै गरेको एकजना युट्युबेले सोधपुछ नगरी लाईभ गरिदिएछ। घटना भाईरल भयो। मूलधारका भनिएका मिडियाले पनि कुरै नबुझी समाचार बनाईदिए। बिचराको पसल दशैंको मुखमा त्यतिकै पन्ध्र दिन सील भयो, झुरप्रसादचाहिँ हीट भयो। पछि लामो सौदाबाजीपछि बीस हजारको उपहारभन्दा धेरै गुणा मूल्यमा झुरप्रसादले घट्ना सामसुम बनाईदिएको थियो।

    टीभीको पर्दामा झुरप्रसादको बकबक सुन्न नसकेर मदनले टीभीको रिमोट घुमायो। अन्तरवार्ता जारी नै रहेछ, रूपेश्वर गौरदास भन्दैथिएस् मासु खानै नहुने त होईन, तर त्यो शर्त सहितको हुन्छ (यो जन्ममा म तिमीलाई मार्छु, अर्को जन्ममा तिमीबाट म मर्न तयार छु भन्ने। मदनले यो सूत्र झुरप्रसादमा फीट गरेर हेर्यो। अर्को जन्मको दुखको लागि झुरप्रसादले आफूलाई तयार गरेको अर्थमा ट्याक्क फीट भयो र चित्त बुझायो।
    बेलुका मुनालाई भोलिको लागि अप्रत्याशित उपहार दिने सोच बनाएर मदन भान्छातिर लाग्यो।

    भोलिपल्ट बिहानै छोराछोरी सहित मुना र मदन दुईवटा झोला लिएर निस्किए। आफ्नै बरण्डामा बसिरहेकी छिमेकी दिदीलाई देखेर मुनाले भनी– हेर्नु न दिदी केटाकेटीहरू साह्रै न्यास्रिए, हामी केही दिन बाहिरै हुन्छौं, यसो हाम्रो घरतिर पनि आँखा लगाईदिनु होला हैरु छिमेकी दिदीले मुन्टो हल्लाउँदै हुन्छ भनिन्। भित्र पस्दै गर्दा दिदी भुतभुताउँदै थिई(कत्ति न केटाकेटीको निहुँ पारेका, सिधै भन्नु नि, टीका नभएकाले घुम्न निस्किएका। व्हाँभने शोकमा रे, भोगले छोडेको हैन। कुरो सहि पनि थियो। हिजो अरूतर्फ चोर औंला ठड्याएको मदनको हातको बुढी औंला यतिखेर आफैंतिर सोझिएको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै