टाेखा लाइभ ,असार १९ काठमाडौं : नेपालमा रहेका चराहरुको प्रजातिलाई बिस्वसंग तुलना गर्ने हो भने बिस्वमा पाइने कुल चराहरुको प्रजातिको ९% हुन आउँछ। नेपाल जस्तो सानो मुलुकमा यति यति धेरै प्रजातिका चरा पाउनुको मुख्य तीन कारणहरु छन् ।नेपालको विषम जलवायु परिस्थिति ,छाेटाे दुरीकाे उचाइमा भएको अत्यधिक भिन्नता र नेपालको भौगोलिक अवस्थाले नै यहाँ यति धेरै प्रजातिका चराहरु पाइएका हुन् । नेपालमा पाइने चराहरु बिस्वमा सन २०१० को अाँकडा अनुसार ११ हजार ३३ प्रजातिका चराहरु पाइन्छन् ।सन् २०१७ मा प्रकाशित” नेपालस् नेशनल रेडलिष्ट अफ बर्डस् ” मा भन्ने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको छ। भाषा ,साहित्य ,संस्कृति ,कला र मानवीय सरोकारका विषयमा बालबालिकालाई सुसूचित र सचेत गराई उनीहरुको व्यक्तित्त्व विकास हेतु,मनोरञ्जनात्मक तथा ज्ञानवर्धक सामग्री निर्माण गर्नु आजको आवश्यकता हो।बालबालिका प्रतिको आफ्नो कर्तव्य र मायालाई महत्त्व दिइ उनीहरुको बौद्धिक क्षितिजलाई विस्तार गर्ने उद्देश्यले चर्चित साहित्यकार’ रत्नप्रसाद अनामणी श्रेष्ठले तयार पारेको ” नेपालमा चराहरु” खोज र नामावली शिर्षकको कृति प्रकाशन गरेको छ।
यस्ले नेपाली बालबालिकालाई चराबारे जिज्ञासु र अध्यन अनुसन्धानतर्फ आकर्षित गर्नेछ र उनीहरुले यस्लाइ माया गर्नेछ भन्ने बिश्वास लिएको छु।” यस कृतिका लेखक रत्नप्रसाद अनामणी श्रेष्ठले टाेखा लाइभलाई बताए ।गौरी पब्लिक रिलेशन एन पब्लिकेशन काठमाडौंमा प्रकाशित उक्त” नेपालमा चराहरु” कृतिमा ९०३ प्रजातिका चराहरुको नाम समाविष्ट गरिएका छन् । उग्रचण्डी नाला,बनेपामा जन्मिएका साहित्यकार रत्नप्रसाद अनामणी श्रेष्ठले हालसम्म थुप्रै कृति संग्रहहरु प्रकाशित गरिसकेका छन् ।
उनको हाइकु संग्रहहरु,मुक्तक संग्रहहरु,गजल संग्रहहरु,कविता संग्रहहरु,भुमिका संग्रहहरु,लेखसंग्रहहरु,कथा संग्रहहरु,नाटक संग्रहहरु,र उपन्यास चर्चित छन् ।