•            
    • Hikmat Dangol

    • ८ असार २०७७, सोमबार २१:५२

    प्राणभन्दा प्यारो लाग्छ जन्म दिने मेरी आमा


    आँखाभरि नौलो सपना र मुटुभरी वेदना बोकेर ९ महिनासम्म गर्भमा मलाई हुर्काउने मेरी आमा मेरो प्राणभन्दा प्यारो लाग्छ। यहि आमाको माया, ममता र भरोसामा आड राखेर आज यहासम्म आइपुगेको छ मेरो जिन्दगी। जिन्दगी एउटा सुख,दु:खको समिश्रण हो । जब हामि आमाको काखबाट टाढा रहन्छौ तब हाम्रो जिन्दगीमा खुसिका क्षणहरु हराएर मोतिका दानाझै आँसु झर्न थाल्छ र जिन्दगीमा एक्लो भएको महसुस हुन्छ। त्यसैले हाम्रो भगवान भनेकै हाम्री आमा हुन। आमा जति महान र पुज्य व्यक्ति यो संसारमा अरु कोही पनि छैनन्। आफ्ना सन्तानप्रती सधै सकारात्मक भावना र विचार राख्ने हाम्रा यी हजारौं आमाहरु आज सन्तानका भबिस्यप्रती निकै चिन्ताजनक देखिन्छन् । आफ्ना हरेक इच्छा र आकाङ्क्षाहरुलाइ भित्रभित्रै दबाएर सन्तानहरुको आवश्यकता पुरा गर्ने तर्फ लाग्छिन । आफ्ना सन्तानहरुको लागि हरपल हरक्षण तड्पिरहन्छिन । साच्चै आमा तिमि महान छौँ ।

    आफ्ना सन्तानहरुका लीगी सधै खुशी माग्छौ । यही सन्तानहरुको खुशीका लागि न त दिनमा भोक माग्छेउ नत प्यास भन्छेउ, नत रातमा निद भन्छौं । मात्र भन्छौं सन्तानको खुशी । न त तिम्रो मायालाई कसैले देख्न सक्छ न त नाप्न सक्छ । अरुले दिएको माया भन्दा पनि तिमिले दिएको गाली नै मिठो लाग्छ। अरुको लाख भन्दा तिम्रो काख नै प्यारो रैछ। तिमिविनाको जीवन जिउना गारो हुदोरहेछ। जब तिमी नै नहुने हो भने यो संसारमा बाच्नुको कुनै अर्थ छैन। जब तिमी छौं त सबै छ। जब तिमी छैनौं त शुन्य सरी भएको महसुस हुन्छ । आमा तिमीविनाको जिन्दगी अधुरो र अपुरो लाग्छ। जसरी सुगन्धको लागी फुलको महत्त्व छ त्यसैगरी जिवन जिउनको लागि तिम्रो महत्त्व छ ।


    त्यसैले आमा तिम्रो याद नै मेरो लागि ठुलो छ। सगरमाथाले जसरी शिर उच्च गरि स्वाभिमानको पाठ पढाउने मेरो प्यारी आमा मेरो मुटुको टुक्रा हुन । आमा तिमिले दिएको मायालाई मैले कसरी बयान गरु ? तिमिले दु:ख सहेर मप्रती गरेको व्यवहार देखेर म कृतज्ञ छु । आफुले हिलोमैलो सहेर भए पनि सन्तानलाइ सजाउने आमा हाम्रो आखाको नानी हुन। आमा तिम्रा ति मायालु निर्दोष आखाले हेर्दा त झनै स्वर्गमा पुगे सरी महशुस हुन्छ ।


    साच्चै आमा तिमी प्राणभन्दा पनि प्यारी छौँ  । यो संसारमा आफु नखाइ सन्तानलाई खुवाउने, दु:खकष्ट सहेर हुर्काउने,न्यानो माया दिने,दियो जसरी आफु जलि हामिलाइ उज्यालो दिने आमा को ऋणलाई कहिल्यै पनि तिर्न सक्दैनौ । त्यसैले आमा तिमी हिराको टुक्रा हौँ जसको मुल्य धेरै हुन्छ ।हिरा महँगो भए पनि यसलाई पैसाले किन्न सकिन्छ तर आमा तिम्रो मायालाई पैसाले किन्न सकिदैन। यो संसारमा तिमि धेरै मुल्यवान छौँ । तिमी विनाको जीवन र सासविनाको धड्कनको के काम छर आमा यो पृथ्वीमा । जसरी एउटा गुलाफको फुलले सबैको मनलाई आकर्षण गर्छ त्यसरी नै तिम्रो त्यो मिठो मायाले आफ्ना सन्तानहरुलाइ आकर्षण गर्दछ ।
    त्यसैले आमा तिम्रो खुशी नै मेरो खुसी , तिम्रो दु:ख नै मेरो दु:ख।

    देबजङ्ग शाही
    कक्षा -९
    पशुपति मित्र मा.वि
    काठमाडौं -७ चाबहिल

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै