•            
    • TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार ०८:३८

    “जान्न अब त्यो स्कुल बा! आमा! ” — कविता

    मलाई त्यो स्कुल जा नभन्नु अब
    जान त गा’को छु स्कुलमा
    पढ्नै मन लाग्दैन स्कुलमा
    जति पिर, तनाव अनि मनै नलागेनि
    तपाईलाई भनेकै थिईन 
    ईतिहासका पानाहरु र पढेर अर्थहिन  सिद्धान्तहरु, शुत्रहरु 
    केही जिवनोपयोगी लिईन 
    स्कुलमा सधै भन्ने गर्छन् ध्यान दिएर सुन, शान्त बस,
     मेरा कुरा सुन लेख, यो पढ त्यो पढ, यो गर त्यो गर यस्तै यस्तै भन्दै
    दिन, हप्ता अनि बर्ष सकिन्छ तर 
    कैले सिक्छु था छैन जिवनोपयोगी कलाहरु 
    सुन्नु छैन मलाई अब ती उपदेशका धारावाहिक शृंखलाहरु 
    बा! अब स्कुल जाँदिन म 
    आमा! स्कुल जा नभन्नु अब 
    ईतिहासका पानाहरु पढ्न 
    विज्ञानका सिद्धान्त, गणितका शुत्रहकु रट्न


    स्कुल जा नभन्नु अब
    जँहा,  भोली मैले तपाईले पढाउन लिएको रिण सम्म तिर्न सक्दिन
    एक आदर्श छोरा बन्न सक्दिन
    मानव बन्न सक्दिन
    झन् नैतिकता त दिदै दिन्न
    न रचनात्मक न त कलात्मक बन्न सिकाउछ
    केवल त्यहा त
    अ, आ अनि १,२ पढाईन्छ
    रटाईन्छ ईतिहासका पानाहरु
    हिडाईन्छ अर्कैले बनाएका बाटाहरु
    घोकाईन्छ मानव जीवनमा कामै नलाउने अनेकौ विज्ञानका सिद्धान्तहरु गणितका अनगिन्ती शुत्रहरु
    मलाई त  संघर्ष गरी बाँच्नु छ भोलीका दिनहरुमा
    न कि बितेका ती पानाहरुमा
    ईतिहास, सिद्धान्त,शुत्रका किताबे ठेली होईनन्
    ती पानाहरुलाई अलग्गै राखेर
    मलाई त अगाडी बढ्नु छ
    नया कुरा, कला, केही नया गर्नु छ
    अज्ञानताको जरो उखेल्नु छ
    बिध्यार्थी को निशानी बन्नु छ
    आज्ञाकारी र ज्ञानी हुनु छ
    त्यसैले बा! म त्यो स्कुल जान्न

    कुनै भुगोलका नक्सा होईन  खेलौना बनाएर चलाउन,
    उडाउन मन पर्छ
    नया नया कुरा सिक्न मन पर्छ
    ती सिद्धान्त, शुत्रहरु जीवनमा कहिले? काँ? र कसरी? प्रयोग हुन्छ जान्न मन पर्छ?
    असल मान्छे कसरी बन्ने?
    कसरी बाँच्नेे भनेर सिक्नु पर्ने  ए प्लस (A+) कसरी
    लेराउने भनेर मात्र सिक्छौँ जीवनभोर बिध्यार्थीमा
    जसरी धनी र गरिब वर्ग बिच भेदभाव हुन्छन् समाजमा
    हो त्यसरी नै भेदभाव हुन्छ जान्ने र कम्जोर बिध्यार्थीमा
    त्यसैले बा! म त्यो स्कुल जान्न
    घरका भित्तामा माला सहितको फोटो झैँ झल्किरहने 
    पानाका ती पंक्तीमा सिमित रहने आदर्शभन्दा
    आज सगै भोली ग्रहण गर्न सक्ने आदर्श बन्न
    पानीले बाटो आफै बनाएझैँ मलाई पनि आफै बनाएर हिड्नु छ 
    न कि पुर्खाले बनाएको बाटो सधै हिँड्न
    आफ्नै बलमा केही गर्नु छ
    आफ्नो बाटो खोज्नु छ
    सुनौला दिनमा आफैलाई भर्नु छ
    किताबे पानाका ठेली रटेर होईन
    यस धरतीमा जन्मेपछि यस्ले बोकाएका भार, रिणहरु तिर्नु छ
    तीन घण्टाको परीक्षाले मेरो जीवन निर्धारण गरिन्छ भने
    मेरो मुल्यांकन गरिन्छ भने
     जानु छैन मलाई त्यो स्कुल
    जहा इतिहास, सिद्धान्त, शुत्रहरु घोकाइन्छ

     आमा!  म त्यो स्कुल जान्न
    मलाई दु:खसँग जुँध्न सिकाईदैन
    आत्मबल बढाउन सिकाईदैन
    कोवल चार दिवार भित्र थुनेर
    जहा म भित्रको प्रतिभालाई केलाईदैन
    र मात्र सधै त्यही पानाहरु रटाईन्छ
    त्यसै अनुरुप गराईन्छ
    साच्चै बा! आमा! यसरी तपाईको छोरो  के ठुलो मान्छे हुन्छ र?
    त्यसैले म त्यो स्कुल जान्न अब
    बितेका दिन र कामै नलाग्ने  सिद्धान्त,शुत्रहरु मात्र घोक्न
    बा! म स्कुल जादैँ जान्न
    आमा! म स्कुल जान्न
    म स्कुल जान्न
    जान्न अब त्यो स्कुल बा! आमा!
    मलाई स्कुल जा नभन्नु अब।।


    Facebook Comments

  • सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    मलाई बाल मतलब !

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै