•            
    • TOKHA LIVE

    • ३२ जेष्ठ २०७७, आईतवार ०८:२०

    ए कोरोना !

    कति आतंकित तुल्याउन्दै छस ए कोरोना
    फर्कीएर जा, जता बाट आको थिस, उतै फर्कीएर जा !
    एउटा प्रान्त बाट निस्किएर, विश्व भ्रमण गर्दै छस किन,
    एक एक गरि, किन डस्छस मानब जनलाई, अब त पुग्यो, जान !!

    मानब मानब बीच, दुरी कायम गरि कन
    किन,  के सिद्ध, गर्न खोज्दै छस तँ , भन्दे न, ए कोरोना !
    बन्द भयो भेटघाट, बन्द हुँदै छ बोलचाल,
    अझै कति, थुन्छस घर भित्रै , कति छन् यहाँ, मानब समस्या,  त्यो पनि गन्दे न, ए कोरोना !!

    दिन दिन गर्दै हप्ता बिते, अनि बिते महिना पनि,
    आस थियो, केहि दिन टहल्दै, फर्की आफै जान्छ कि, कतै भनि !
    जता जान्छन उतै, जरो नै गाडी बस्छस तँ,
    हैन, कति प्यारो लाग्छ है, तँलाई यो समाज, भन न, ए कोरोना !!

    को हो र तेरो, बाबा र आमा, बिर्सिस कि तँलाई जन्माएको,
    रत्तिभर पनि छैन डर तँलाई, किन त्यस्तो, निडर भईस, भन्दे न ए कोरोना !
    मनोमानी गर्छस, जता पायो उतै डुल्छस,
    कहाँ बाट आयो, दुस्साहस तेरो, एकपटक त, भन्दे न ए कोरोना !!

    को धनि, को गरिब, कहाँ हेरिस र तैले,
    बिना भेद भाब भन सबलाई, किन अंगाल्दै छस, ए कोरोना !
    हजारौ को छिन्दै श्वास, टेक्दै छस किन छाती तैले,
    तै पनि, बुझ्दैन चित्त तेरो, किन,के खोज्दै छस भन्दे न, ए कोरोना !!

    हुन् त, तेरो आगमनले, प्रकृति रमाएको देख्छु,
    बस्ति, बस्ति अनि गाउँ, शहर अनि विश्व पनि डराएको देख्छु !
    शुनसान छ बस्ति, शुनसान छ सहर,
    उन्मत्त हुँदै, मै-मस्त हुँदै रातोदिन “कोरोना” कराएको देख्छु !!

    हिजोआज मानब बस्ति, गाउँ अनि शहर,
    सबै सबै, चुपचाप चुपचाप, भएको देख्छु !
    युद्ध भूमिमा, बिर गति प्राप्त गर्दै ढले को सिपाही झैँ,
    ढल्न लाग्यो कि, मानब समाज आफै, कता कता, गुमनाम भएको देख्छु . . . .  गुमनाम भएको देख्छु.. .. . . . .  गुमनाम भएको देख्छु …. …. … .. !!

    रचना : घनश्याम श्रेष्ठ,काठमाडौँ

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै