•            
    • Hikmat Dangol

    • १० बैशाख २०७८, शुक्रबार १९:५९

    रुपाको जवानी

    • ओमशंकर श्रेष्ठ

    पेट अलि गोलमाल भएकाले टिफन टाइममै घर फर्कने सोचेकी थिइन् , रुपाले । कोरोना भाइरसको त्रासले उनले सार्वजनिक शौचालयमा दिसा बस्न छाडेकी हुन् । पिसाव फेर्नु अघि समेत उनले पटक पटक फ्लस चलाउने बानी बसाएकी छिन् ।

    हुनत् उनको स्वास्थ सम्बन्धी सेचतना निकै मान्नै पर्ने खालको छ । पिसाव फेरिसकेपछि संवेदनशिल अंग जहिलेपनि पानीले पखाल्ने सानै देखि सिकेकी हुन् । अहिले झण्डै पचास वर्षको उमेर पुग्न लाग्दा पनि त्यो सिलसिला उनले त्यागेकी छैनन् ।

    रुपा गेटबाट भित्रिएको देख्नासाथ बहालमा बस्ने रतनलाल साहको हात आफ्नो बाँया छातीको खल्तीमा पुग्यो । हतार हतार भ¥याङ चढ्दै गरेकी रुपालाई रोक्न खोज्दै रतनलाल चिच्याए , ‘ साहुनी …. मैले आज वन्दावस्त गरेको छुं । ’ तर अन्डरवियरै फोहर होला जस्तो लागिसकेकाले रुपा हातको इशाराले , ‘ पख…. पख… ’ भन्दै माथि पुगिन् ।

    रतनलालले गोजीबाट पैसा निकाले एकचोटि हेरे । छ वटा हजारको नोट एकैछिन पछि पराया हुने पक्का थियो । पाँच – छ दिन देखि रुपाले पैसा चाहियो भनेर गनगन गर्दै आइरहेकी थिइन् । यताउता खोजखाज गरेर रतनलालले पैसाको वन्दोवस्त गरेका थिए । रंग लगाउने काम अचेल कोरोनाकै कारण धेरै मन्द भएकाले उनलाई पैसाले अलि सकस हुने गरेको थियो । पहिला पहिला उनी त्यहि छ हजार कोठा बहाल महिनामै दुई चोटि दिन पुग्थे । तीन तीन हजार गररे । किनकी पैसा पाउँदा रुपाले दिने मुस्कान र मिठो बोलीले रतनलाललाई लठ्ठ पाथ्र्यो ।

    रतनलालले नोट पुन खल्तीमा हाले । उनी फट्फटाउन थाले , ‘ मा ….. कसम आज त बहुत गजब भइगयो । साहुनी पहिलोचोटी जो भन्दै छ , पैसा… पख.. पख । ’
    रुपाले बेडरुममा हयान्ड ब्याग हुत्याइन् । दौडेर शौचालयको ढोका खोलिन् । कमोडमा बसेपछि आनन्दले आँखा चिम्लेर , बल गरेर दिनभरि सताइरहेको फोहर स्वात्तै छोडिन् । केहिवेर आँखा चिम्लेरै आनन्द मानेर बसिन् ।

    कोठामा पुगेपछि ठूलो सर्वांगै देखिने ऐना सामु उभिइन् । ऐना तर्फ ढाड पाररे उभिइन् । अनि असजिलो भएपनि टाउको मात्र फर्काएर आफ्नो पुष्ठ नितम्व हेरेर दंग परिन् । त्यो चोकको किराना पसलको साहु अष्टमानको आँखाले जहिले पनि आफ्नो शरिर नियाल्ने गरेको रुपालाई राम्ररी थाहा छ । आज पनि तराजुमा चिनी जोख्दै गरेका अष्टमानले एक्कासी कामै रोक्दै थुक निल्दै आफ्नो नितम्बमा हेरेको सम्झेर रुपालाई आनन्द महशुस भयो ।

    उनलाई आफु अझै बैशालु र सुन्दर भएको आभास भएर रमाइलो लाग्यो । ट्राउजर फुकाल्दै गर्दा ट्राउजसंगै टाँसिएर आएको सिलिकनबाट बनेको हिप सेपर देखेर उनी अष्टमानको बिचरा आखाँ सम्झेर एक्लै खितिखिति हाँसिन् ।

    टप खोले पछि उनले गम्भीर भएर आफ्ना छातीलाई हेरेर टोलाइन् । कुनै समय कलेजमा साथीहरुले आफुलाई फलानो हिन्दी फिल्मकी हिरोइनको जस्तो कस्तो मिलेको , नझोलिएको छाती भन्दा रुपाको छाती अझै गर्वले ढक्क फुल्ने गर्दथ्यो । उनलाई अहिले वास्तविक छाती हेरिरहने रहर भएन । बरु झ्यालतिर हेरेर उनले स्पन्जयुक्त ब्रा तानेर खाट तर्फ हु¥याइन् । त्यसपछि रुपाले गहरिएर ऐनामा आफ्नो अनुहार नियालिन् । निधारतिर कालो गोलो थोपो देखेर एकछिन् तर्सिइन् । कतै बुढेशकालमा आउने तिल त देखापरेन भन्ने चिन्ताले उनको निधार एक्कासी खुम्चियो ।

    औंला थुकले भिजाइन् । पुछेर हेरिन् । कालो थोपो जस्ताको त्यस्तै भएपछि आत्तिइन् । अचानक आँखा आफ्नो कालो केशमा परेपछि बल्ल उनले शान्तिको श्वास फेरिन । हिजो केश रंगाउँदा रंग टाँसिएको थोप्लो रहेछ , त्यो । आफ्नो मुर्खता देखेर आफैंलाई हेरेर मुसुक्क हाँसिन् । उनलाई आफ्नो मुस्कान त जवानी अवस्थाकै जस्तै ओरिजनल नै लाग्यो । ओंठका छेउका दुवै डिलमा तीन चार धर्का चाउरिएका छाला देख्ना साथ रुपालाई फेरि हल्का ज्वरै आएको जस्तै भयो ।


    Art by: Erina Tamrakar

    उनी थुुचुक्क खाटमा बसिन् । दिनभरि देखेका भेटेका पुरुष अनुहारहरु सम्झिइन् । कसैका पनि आँखामा पहिले जस्तो प्यास र आकषर्ण भएको जस्तो नलागेपछि रुपाले लामो र चिसो सुस्केरा छाडिन् । छोरी विवाह गरेर अष्ट्रेलिया गएदेखि रुपाको दिनचर्या यसरी एक्लै सोच्दै र मनोवाद गर्दै बित्ने गरेको छ । आफ्नो स्वास्थ र शरिर प्रति सानै उमेरदेखि अहिले सम्म चनाखो रहने गरेकी रुपाले एक समय स्वास्थ र शरिर के हुन् भन्ने नै बिर्सिन पुगेकी थिइन् ।

    उनले लोग्ने वैदेशिक रोजगारमा गएकाबेला नानाथरि बहाना बनाएर आफुसंग नजिकिने विभिन्न उमेर समुहका पुरुषरुका अनुहार पनि लश्करै सम्झिन थालिन् ।

    त्यतिवेला सबै नमागेका मद्धतहरु गर्न आइपुग्थे । अवसरहरु जुराएर उपहारहरु दिन आउँथे । सम्बन्ध शुरु गर्थे । तिनीहरु सबैका लक्ष र उदेश्य रुपाको धन र रुपरंगमै केन्दि«त हुने गर्दथ्यो । क्षनिक सम्बन्ध गाँस्न आउनेहरु आफ्नो इच्छा पूरा गर्ने काममा निकै हतारिन्थे । कसैले रिसोर्ट , कसैले होटेलमा र कसैले आफ्नै डेरामा वा साथीको डेरामा लान्थे । दुईचार पटकको उठबस पछि ति पात्रहरु अघाउँथे । अहिले रुपाले विश्लेषण गरेर हेर्दा तिनीहरु अघाएको भन्दा डराएको प्रतित हुन्थ्यो । कतै रुपासंगको अवैध सम्बन्ध मलेसियामा दिनरात परिवारको सुखसयल र भविष्यका लागि मिहेनत गरिरहेका रुपाको पति अनिसको कानमा नपरोस् भनेर ति पात्रहरु डराउने गरेको हुनुपर्दछ ।

    संगत अनुसारको फल भनेको सत्य रहेछ । आफ्नै अफिसको त्यसरी नै लोग्ने विदेशमा कार्यरत हसिना नामकी महिलाले रुपालाई गलत बाटो सिकाएकी थिइन् । पहिलो चोटि जानी नजानी गल्ती गरिएपछि पछुतो गर्दै उनले हसिनालाई भनेकी थिइन् , ‘ म्याडम ! मलाई त कस्तो कस्तो फिलिंग भइरहेछ । ’

    आफु त पहिल्यै देखि बेस्सरी बिगे्रेकी ति हसिना भनाउँदीले रुपालाई कूकार्यमा हौस्याउँदै भनेकी थिइन् , ‘ शुरु शुरुमा अलि कसो कसो भइहाल्छ । मलाई पनि हुन्थ्यो । पछि ठीक हुन्छ सबै । ’ वास्तवमा हसिनाले नयाँ नयाँ पुरुषलाई सम्पर्क गराइ दिएवापत तिनीहरुबाट दलालले जस्तै कमिसन लिने गर्दथिन् । हसिनाले तिनीहरु सबै आफ्नो एकदम विश्वासिलो , धनी र भलादमी साथी भन्दै रुपालाई चिनाउने गर्दथिन् । त्यतिवेला तीन चोटि गर्भपतन गराउन सहयोग गरिदिँदा रुपालाई हसिना निकै असल साथी जस्तो लागेको थियो । पछि यताउताबाट रुपाले हसिनाले ति पूरुषहरुसंग हसिनाको गर्भको जिम्मेवारी देखाउँदै गर्भपतन गराउने नाममा समेत थुप्रै पैसा उसुली गरेको थाहा पाएकी थिइन् ।

    यस्तै पापका धनले हसिनाले राम्रा दुई वटा घर समेत जोडिन् । उनको लोग्ने तलब त दुवइमा सबैभन्दा न्युनतम मजुदरको वरावरको थियो । वास्तविकता बुझेपछि रुपा हसिनाको सम्पर्कबाट टाढिइन् । तर हुनु नहुनु गल्ती भइसकेको थियो । भिडियो खिचिएको छ भन्दै ब्ल्याकमेल गरेर पनि रुपालाई हसिनाले वारम्वार दुरुपयोग गर्न भ्याइन् ।

    आखिर अनिस सदाका लागि नेपालमै बस्ने गरेर मलेसियाबाट फर्कने भनेपछि बल्ल रुपाले अब हसिनाका पन्जाबाट फुत्किने भो भन्दै मनमनै खुशी भएकी थिइन् । त्यतिवेला रुपाकी एकमात्र सन्तान रिया एघार कक्षामा पढ्ने भइसकेकी थिइन् ।

    अनिस फर्केको एक डेढ महिना सम्म त हसिनाको फोन समेत आउन छोडेको थियो । बेलुका सुत्नेबला आत्मग्लानीका कारण रुपा सिरानी नै भिज्ने गरी रुने गर्दथी । वास्तविकता नबुझेका अनिसले उनलाई सम्झाउँदै भन्ने गर्दथे , ‘ अब , म जान्न नि बाबा तिमीलाई छोडेर , नरोउ न । मुडै बिगार्छौं क्या तिमी भने । ’ होस्टेलमा बसेर पढ्ने गरेकी रियालाई आमाको समस्याबारे कुनै जानकारी थिएन । आफु सानै छँदादेखि अनिस विदेशमा बस्न थालेकाले होला रियाको पितासंग पनि त्यति घनिष्ठता भने थिएन ।

    अनिस फर्केको करिव दुई महिना पछि हसिनाको फोन आयो । शनिवार कसैसंग डेटिंग फिक्स गरिएको रहेछ । रुपाले जवाफ दिइन , ‘ अहँ … अब भने पुग्यो । हसिनाजी मलाई आइन्दा फोन नगर्नू । ’ तर हसिनाले डेटिंगमा नजाने भए अन्तिम पटक आफुसंग एकचोटि भेट्न बोलाइन् । लौ त नि अन्तिम पटक नै सही भने रुपा हसिना बोलाएको ठमेलको ‘ रेलिमाई ’ क्याफेमा पुगिन् ।

    कफी पिउँदै गर्दा हसिनाले आफ्नो मोवाइल खोल्दै भनिन् , ‘ ल ..हेर तिमी त हिरोइन पो बनेकी छौ । हिरोहरु भने धेरै छन् है । नभन्दै त्यहाँ रुपासंग आपत्तिजनक अवस्थामा थुप्रै पुरषसंग बसेको भिडियो फुटेज रहेछन् । ’ रुपाको दिमागै शुन्य भयो । उनलाई रोउँकी, हाँसुकी वा चिच्याउँकी जस्तो भयो । तर उनले त्यस्तो केहि पनि गर्न सकिनन् । बरु पल्लो छेउमा बसेर कफी पिइरहेका एकजना अधवैंशे पुरुषसंग उनी यन्त्रवत पछिपछि गइन्, रुपाको इशारा अनुसार । ति मान्छेले आफ्नो कारमा राखेर उनलाई पुन पुरानै गलत काममा फर्काएथ्यो ।

    हसिनाले महिनाको एक दुई चोटि बोलाइ नै रहन्थिन् । रुपाले लोग्नेलाई अफिसमा काम भएको बहाना गर्दै समय मिलाउँथिन् । तर उनलाई यस्तो नारकिय जीवनबाट उकुसमुकुस हुन थालेको थियो । उनले धेरै चोटि अनिसलाई वास्तविकता बताउने कोसिस पनि गरेकी थिइन् । तर कहिल्यै मुखै खोल्न सकिनन् । रुपालाई लोग्नेको भन्दा छोरी रियाको निकै माया लाग्थ्यो । त्यसैले उनले आत्महत्या गर्छुं नै भनेर किनेर ल्याएको विष धेरै पटक फाल्न पुगेकी थिइन् ।

    एकदिन रुपामा कस्तो साहश आएछ कुन्नि । उनी आफैं सरासर हसिनालाई भेट्न पुगिन् । अचानक आफु सामु सुनको अन्डा पार्ने मुर्गा देखेर खुशी हुँदै हसिनाले भनिन् , ‘ ओहो ! रुपा अब त आफैं खुशीले आयौं । मैले कुनै प्रोग्राम सेट गरेकै छैन । शायद अब तिमी निकै समझदार भइसक्यौ । भिडियो क्लिप्सहरुको पनि जरुरत नहुने भो हगि । डिलेटै गरुँ कि ? ’

    रुपाले सिंहनी जस्तै गर्जिँदै भनिन् , ‘ डिलेट त होइन । ति भिडियो डिलिट नगरिए पनि डिलिट गरिए वरावर हुनेछन् अब । लौ सबै भिडियो मेरो लोग्नेको मोवाइलमा अहिल्यै फरवार्ड गर्नू । ’

    कुरा नबुझेर वाल्ल परेकी हसिनाको हातबाट रुपाले स्मार्ट फोन थुतिन् । हेर्दाहेदै एकएक गर्दै सबै भिडियो उनले अनिसको फोनमा पठाइन् । रुपाको अप्रत्यासित काम हसिनाले रोक्नै सकिनन् । उनी हेरेको हे¥यै भइन् । बचिस् तँ डँकिनी मेरी छोरी रियाको कारण । आफैं बदनाम हुने र रियाले थाहा पाउली भनेर मात्र प्रहरी लिएर नआएको आज । त्यो दिन हसिनाको सातो गयो । उनी टाउको निहु¥याएर बसिन् । त्यसपछि हिंड्नु अघि रुपाले उनको फोन चकनाचुर हुने गरी भुँइमा बजारिन् । तर उनले फोनको मेमोरी कार्ड लिइन्न । वास्तवमा रुपाले फेरी ति भिडियो प्रयोग गरेर आफु र आफ्नी छोरीबिच दुरुपयोग नगरियोस् भनेर धम्कीपूर्ण तरिकाले त्यसरी रिस पोखेकी थिइन् ।

    रुपालाई थाहा थियो आफ्नो लोग्नेको सबै बानी । उनको लागि अनिस देउतै भन्दा नि ठूलो थियो । बाटोभरि पश्चातापमा जल्दै उनी घर पुगेकी थिइन् । घरमा उनले सोचेजस्तै भयो । अरुका लोग्ने भए यस्तो परिस्थितीमा मारुँला र काँटुला जस्तो राक्षसी मुद्रा बस्थे होलान् ।

    तर अनिसको अनुहारबाट मुस्कान मात्र झरेको थियो । अरु सबै सामान्य । बरु उनले रुपालाई सम्हाल्ने कोसिस गर्दै भनेका थिए , ‘ जे हुनु भइहाल्यो । त्यति लामो समय लोग्ने स्वास्नी छुटिंदा यस्तो घटना घट्ने धेरै संभावना हुन्छ । मान्छे न हुन् भोक लागि हाल्छ । अझै पेटको भन्दा यौवनको भोकले बेहोशै पार्दछ । मेले पनि केहि क्रितिम विकल्प भएपनि किनेर दिनु पथ्र्यो । त्यो मेरो पनि भुलै हो , म मान्छुं । तर भोक त मलाई पनि लाग्थ्यो । सजिलो थियो भोक मेट्ने उपाय भेटाउन मलेसियामा । तर म अन्य साथीहरु भन्दा अलगै भएं । किरिया खानु पर्दैन होला । तिमीलाई थाहा छ , मैले जिन्दगीमा कहिल्यै गर्न नसक्ने भनेकै , ‘ झुठो बोल्नु ’ हो । त्यस्तै परेको भए खुलेरै मसंग सल्लाह गरेकी भएनि फर्कन्थें नि बिचैमा । सबैलाई थाहा भएको तर नभनिने काम ‘ हस्तमैथुन ’ मै मात्र चित्त बुझाउन सकेकी भएनि हुन्थ्यो नि , हैन र ? । भो , विगत सबै बिर्सनु , नयाँ जीवन शुरु गरौं । मैले माफ गरें ‘रुपा ’ तिमीलाई । हुन त तिमी अफिसरको जागिरे म पनि सानोतिनो ब्यापारमा लागेकै थिएं । हामी दुवैले चाहिने भन्दा बढि महत्वकाँक्षी भएर सम्पन्ताका ठूलो सपना देख्यौं । जसले गर्दा आज सानो सपना जोगाउन पनि मुश्किल भयो । ’

    रुपा रोइ मात्र रहिन् । बेलुका अनिस आफैंले खाना पकाए ख्वाइन । बल्ल भोलिपल्ट बिहान रुपाले आफुले पापको प्रायश्चित गर्न चाहेको र आफ्नो अपराधको लागि संजाय अनिसले नदिए आफैंले दिने बताइन् ।
    अनिसले कुरो बुझेनन् । रुपाले स्पष्ट पारिन्, ‘ तपाईले मलाई डिभोर्स दिनु । मेरो शरिर मात्र होइन् आत्मा समेत फोहर भइसकेको छ । ’
    अनिसले छोरीको कारण देखाएर रुपाको निर्णय बदल्न खोजे । तर रुपाले मान्दै मानिनन् । अन्तत अनिसले कानुनी रुपमा डिभोर्स नगरेपनि रुपासंग नबस्ने बरु उनले चाहेमा अर्को विवाह गर्न पाउने सहमति गरे । दुवै छुटिए । तर रुपा र अनिस दुवै रियालाई अनिस अझै विदेशमै कार्यरत रहेको बताउने सहमति बन्यो । फोन र मेल गरिरहने सहमति पनि भयो ।

    हिंडनेबेला अनिसले भनेका थिए , ‘ तिमीले भनेको सबै कुरा मान्दै तिमीसंग समेत नचाहेर पनि छुटिएं भने म तिमीलाई कति माया गर्छुं आफैं सोच , रुपा ।’ यो कुरा सम्झिंदा रुपाका मन अहिले पनि खल्लो हुने गर्दछ । त्यसपछि परिवर्तन भएका कुरा भनेको एक तल्ला थपेर रुपाले यो घर दुई तल्ले बनाइन् । हसिनाले कहिल्यै चुँइक्क समेत गर्न सकिनन् । अझै कहिलेकाहिं रुपाले कालो ठूलो चश्मा ढल्काएर कालै स्कुटरमा हिंड्ने हसिनालाई देख्ने गरेकीछन् । तर हसिनाको शिर निहुरिएको छ ।

    कहिलेकाहिं रुपालाई आफुले,‘ तेरो पनि दुईजना छोरी छन् हैन ? तिनीहरुको करियरबारे त सोच्छस् नै होलि । ’ भनेर हसिनालाई नतर्साएको भए आफ्नो हालत कस्तो भइसक्यो होला भन्ने लाग्छ । संभावित खतरा कल्पेर उनको जिउ नै सिरिंग हुन्छ । अनिसले आजसम्म सहमति तोडेको छैन । रुपालाई अनिसको कुनै हाल खवर थाहा छैन । तर कहिलेकाहिं छोरी रियाले , ‘ड्याडीको मलेसियाबाट फोन आथ्यो ममि ’ भनेर अष्ट्रेलियाबाट फोन गर्दा भने रुपालाई अनिसलाई जमिन कोतरेरै खोजुँ जस्तो लाग्ने गर्दछ । तर आफैंले बनाएको सहमति तोड्ने आँट रुपामा पनि अझैसम्म पलाएको छैन ।

    रुपाले आफ्नो अफिसमा पनि बढुवामा पछि पार्न पुरुषहरुले महिला कर्मचारीहरुलाई विभिन्न छलछाम र काइते षडयन्त्रमा इज्जतै जानसक्ने गरी फसाएर आफ्नो बाटो खुलाएको देखेकी छन् । कहिलेकाहिं त तिनीहरु जाबो एक दुई हप्ते वैदेशिक तालिम आफ्नो पोल्टामा पार्न नानाथरि बनावटी हल्ला फिजाएर महिला कर्मचारीहरुको चरित्र हत्या गर्ने गर्दथे ।

    तर एक पढेलेखेकी हसिना जस्तो महिलाले आफ्नै सहकर्मि महिला माथि किन यस्तो षडयन्त्र गर्न सकिन् होला भनेर रुपा फुर्सतमा निकै सोच्ने गर्छिन् । प्रत्येक पटक उनले हसिनाको भन्दा आफ्नो यौन प्यासलाई नै दोष दिने गरेकीछन् मनमनै ।

    खाटमा पल्टेर यस्तै पुराना कुरा सम्झेर बसेकी रुपाको ध्यान रतनलालले ठूलो श्वरमा गाएको विरही भोजपुरी गीतले भंग ग¥यो । बिचरा रतनलालको पनि स्वास्नी दुर्घटनामा मरेको पाँच वर्ष भइसक्यो । काठमाडौमा मिहेनत गरे कमाएको पैसा छोराछोरीलाई पढाउन गाउँमा पठाउने गर्छन् । यौन तिर्खा त रतनलाललाई पनि लाग्छ नै होला । मान्छे न हो । तर अनुशासित छन् रतनलाल । रुपाले रतनलालले आफुलाई हेर्ने हाउभाउ कल्पना गर्छिन् । आफुलाई देख्नासाथै उनको आवाजमा आउने वदलाव सम्झिन्छन् । अनि लाजले मुसुक्क हाँस्दै उनी खाटबाट उठ्छिन् । रतनलालको हातबाट कोठा बहाल लिन उनी विस्तारै भ¥याङबाट ओर्लन्छिन् । तर एकसुरमा तल ओर्लिँदै गरेकी रुपालाई हिप सेपर लगाउनै भुलेको यादै हुन्न ।

    भीमसेनस्थान , काठमाडौं । ०७८ । १० । वैशाख

    Facebook Comments

  • सम्बन्धित खवर

    जीवन अमूल्य छ

    केपी बाको टोपी …२ ! (कथा)

    पारिजातको पहिलो यौन अनुभवको नमिठो कथा

    मूर्दा शहर : एक प्रेम कहानी

    रानीमहलमा भेट्न नपाइएका भूतहरू:-

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै