•            
    • TOKHA LIVE

    • २५ फाल्गुन २०७७, मंगलवार १०:३२

    केपी बाको टोपी …२ ! (कथा)

     – पुन्यराज पुडासैनी

    फागुन २५,२०७७

    सोलु – ओखलढुंगा विचको सुन्दर पत्तालेमा तिन दिन बिताएर म फर्किदा उ कोठामा थिएन। तिन दिन सम्म पत्तालेको पर्यटकीय विकासका सम्भावना र पूर्वाधार निर्माणकाको वारेमा अध्ययन गर्न गएको मैले काठमाडौं फर्किने बेला घुर्मी कटेपछि मेरो मित्र र मैले गरेका कुरा सम्झिए। हाम्रो पछिल्लो संवाद मलाई घुर्मीमा दिक्तेल तिर बाट आएका एक जना बाको टोपी लगाउने तरिकाले सम्झाई दिएको थियो।

     

     

    उसले टेवलमा मिलाएर राखेको टोपी झल् झल् मेरो आँखा अगाडी आइरहेको थियो भने उसले प्रधानमन्त्री प्रति गर्ने कटाक्ष ,घृणा,आक्रोस र गाली बाट एकाएक प्रसंसामा ओर्लेको उसको विचार पनि सम्झिरहेको थिए।

    सिरिसे ,साँघुटार भएर बग्दै आएको  लिखु नदि सुनकोशीमा मिसिएको दृश्यले मलाई सधै आफ्ना सपनाको धितो राखेर काठमाडौंमा आफु मिसिएको झैँ अनुभूति हुन्छ र सधै त्यो मिलनको दृश्यले मलाई उद्देलित र आन्दोलित दुवै बनाउछ।सत्य भन्नु पर्दा त्यो उद्देलन खुर्कोट आइनपुग्दै बाध्यताको बादलले छोपेर म पुरानै ठाउमा आइपुग्छु।

    सामन्तिको प्रतिक भन्दै  दौरा सुरुवाल जलाएर क्रान्ति भन्दै त्यसैको आगो तापेको मलाई आज केपी बा को टोपीले हल्लायो भन्दै उसले मलाई आँखा झिम्काएको दृश्य पुन मेरो आँखा अगाडी नाचिरहेका छन।

    भाग  १ :https://kapanonline.com/archives/104161

    ए केटा कता छस ? अनि टोपी लगाइयो कि छैन ? उसलाई मैले फोन गरेर सोधे।

    म अफिसको कामले गोरखा छु। किन नलगाउनु लाको छु नि। तो टोपी त आम नागरिकको श्रीपेच झैँ लाग्न थाल्यो बुझिस ,सान नै अर्कै ,उसले मलाई टोपी पुराण सुनायो।

    ल त् आए पछि भेटौला ,म खुर्कोट आइपुगे ,खाना खाने बेला भयो।

    हुन्छ म २५ दिन पछि आउछु ,फिल्डमा छु ,उसले फोन राख्दियो।

    यो २५ दिनमा नेपालमा निकै ठुलो राजनीतिक परिवर्तन आयो। दुई घण्टाको सिनेमामा देखिने क्रमवद्ध तर उथलपुथल पूर्ण दृश्य झैँ प्रतिनिधि सभा विघटन,आन्दोलन,सभा,शक्ति प्रदर्शन , प्रदेसमा अविस्वासको प्रस्ताव ,प्रतिनिधि सभा पुनर्स्थापना र पार्टी एकता भंग विरलै भोग्न पाइने अनुभव पाइएको थियो।

    यो विचमा धेरै माहिर प्रशिक्षक,कप्तान र रणनीतिकारहरुनै मात खाने तरिकाले भएको खेलको सक्रिय दर्शक बनेर नेपाल र नेपालीको भाग्यलाई नियाली रहंदा मलाई मेरो मित्रको पछिल्लो प्रतिक्रिया सुन्ने रहर जागिरहेको थियो। हामी प्राय आवस्यक बाहेक फोनमा धेरै कुरा गर्दैनौ।

    भूमिगतकालिन अवसथामा फोन गर्न जाने क्रममा पक्राउ परेर वर्षौ थुनिएको मेरो मित्रलाई फोन संवाद खासै मन पर्दैन। आज बेलुका आइपुग्छु भन्दै सुचना दिएर उसले मलाई बेलुकाको बन्दोवस्त गर्ने आदेश दिएको थियो।

    संगै बसेको करिव १० वर्षमा जम्मा जम्मी एक दिन मात्र प्रधानमन्त्री केपी ओलीका वारेमा राम्रो टिप्पणी गरेको मेरो मित्रले सधै उहामा कलाकार देख्यो ,आलोचक देख्यो, छलछाम देख्यो ,अधिनायकवादी देख्यो यस्ता अनेक नकारात्मक कुराहरु संग्रह गरेको भए गाली पुराण बन्थ्यो होला।  मैले नाकावन्दीको समयमा सतिशाल जही उभिएका प्रधानमन्त्रीको समर्थन गर्दा उसले आफ्ना नेताको केहि शव्द सापटी लिएर काइते तर्क गर्नु बाहेको उ सधै आक्रामक हुन्थ्यो।

    केटा केछ ? उ कोठा भित्र  छिर्यो।

    उसको शिरमा कालो भाद गाउले टोपी थियो। मैले पहिलो पटक उसको शिरमा टोपी देखेको थिए। त्यो टोपीले उसको व्यक्तित्वमा ओजन थपेको थियो। देशको पछिल्लो अवस्थाले आक्रान्त बनेर शिथिल बन्नुपर्ने उसको मुहारमा आज अर्कै कान्ति देखिरहेको थिए।

    ओहो ! क्रान्ति विरोधीको प्रतिक क्रान्तिकारीको शिरमा,मैले हल्का झटारो दिए।

    जे सुकै भन , यसले मेरो आत्मविस्वास निकै बढाएको छ। अनि राजनीति त के हो के हो ? जस्तो पो भयो त, आज मा संग विवाद गर्ने मुडमा देखिएन उ सिधै मूल मुद्दामा प्रवेस गर्यो।

    हो नि त् पनि ठुलै नेतामा पुनर्स्थापना भईस,खुसि लागेको छ, नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर समिक्षाको बिन्दुमा पुग्यो,मैले भने।

    म अव त्यो पद र ओहोदा स्वीकार गर्दिन ,उसले सिधै निर्णय सुनाइ दियो। एमाले र माओवादी भएर बहस गर्ने मेरो योजना पनि तुहाइदियो।

    अनि जीवन भर पार्टी ,आन्दोलन, क्रान्ति,परिवर्तन भनेर लागेको त कसरि सक्लास ? भावनामा नबग न मित्र ,मैले उसलाई जिस्काए।अनि प्रधानमन्त्रीलाई त  पुरै प्रतिगमनकारी करार गरेर भएको आन्दोलन र फागुन ११ गतेको अदालतको निर्णय प्रति तेरो प्रतिक्रिया सुनौं न ? मैले प्रश्न तेर्साए।

    यी सबै घटना क्रम बाट नेपाली जनताले ठुलो अवसर गुमाए अनि कम्युनिस्ट आन्दोलनले पनि अशली गद्दारहरु चिन्ने मौका पायो ,उसले गिलासको रित्त्याउदै बोल्यो।

    तेरो कुरा गम्भीर दार्शनिक भयो ,सरल तरिकाले बुझा त , मैले बोले।

    वास्तवमा अहिले निर्वाचन हुनुपर्थ्यो जनताले गरेको फैसलाले धेरै कुरा निर्धारण हुन्थ्यो,कम्तिमा हाम्रो भूभाग सहितको नक्शा कालापानी पुग्थ्यो ,लिपुलेक पुग्थ्यो,अनि कम्युनिस्ट आन्दोलनले पनि नया उचाईमा अनुमोदन हुन्थ्यो ,सबथोक भत्कियो ,उसले  मलाई नाजवाफ हुन बनाइदियो।

    अनि अस्ति अस्ति त तलाई नक्शा प्रकासन एउटा हल्का स्टन्ट मात्र लागेको थियो त् ? मैले उसको विगतको टिप्पणी स्मरण गराई दिए।

    हो मलाई त्यो बेला त्यहि लागेको थियो वा भनौ त्यहि बुझाइएको थियो ,तर आजको दिन सम्मको घटनाक्रमले मेरो टिप्पणीलाई मिथ्या सावित गरिदियो,उसको आवाजमा गम्भीर आत्मालोचना र स्वीकारोक्ती थियो।

    त्यो कुरा तलाई बुझाइ दिनुपर्ने बाध्यता चाही उहालाई किन परेछ ? मैले प्रश्न तेर्साए।

    छन नि धेरै ,उहाले आफ्नो मनको कुरा सुन्न छोड्नु भएको २०६२ शाल तिरै हो , त्यसपछि उहा अरुका कुरालाई बुन्ने इमान्दार कालिगढ़ भन्दा केहि हुनु भएन ,उसले पहलो पटक आफ्ना आदरणीय नेतालाई गरेको टिप्पणीले मलाई रोमान्चित बनाइरहेको थियो।

    कहिले काही त् तेरो नेता प्रति मलाई निकै सहनुभुत्ति लाग्छ,क्यारम बोर्डको गोट्टी जस्तो चार प्वाल दुलिराहे झैँ लाग्छ ,मेरो टिप्पणी प्रति उसले कुनै प्रतिक्रिया जनाएन।

    अरुका कमजोरीमा खेलेर सिंघासन प्राप्त नै गरे पनि त्यो दिगो हुदैन भन्ने ख्याल नगर्दाको परिणाम हो यो केटा, अहिलेको व्यवस्था भनेको winner takes away  हो जित्नेले लैजान्छ ,मैले उसलाई जिस्काए।

    मूल कुरा त्यहि हो ,उसले आज निकै पछि मेरो कुरामा सहज सहमति जनायो। सानातिना हुरी आँधीले ढलाउने वृक्ष हैनन बा भन्ने बुझेनन साथीहरुले ,आज उ सको मुख बाट खुस्किएको बा शव्दले मलाई निकै उत्साहित बनायो।

    अनि जन्मदिने आमाका श्रीमान बाहेक अरु कसैलाई बा भन्दिन भ्नाथिस त् ? आज एकाएक ,मैले अर्को झटारो दिए ।

    मेरो बा को परिभाषा फेरियो केटा , केहि साझा सपनाका ,क्रान्तिका अनि सामुहिक आन्दोलनका पनि बा हुन्छन ,उसले भन्दै गयो हो चि मिन्हलाई भियतनामीहरुले बा भन्दा फरक पर्दैन अनि लि क्वान युलाई सिंगापुरवासीले,त्यस्तै चिनियाहरुले माओ ,देंग र सिलाई बा भन्न सक्छन।

    कसरि र किन ? मेरो प्रश्न थियो।

    किनकी ति ब्यक्तिहरु त्यो देशका जनताको सपनाका अभिभावक हुन् ,यदि उनीहरुले जनताले जस्तै सपना नदेखेको भए आज त्यहा पुग्दैनथे ,उसले गम्भीर भएर बोल्यो।

    अनि हिजो अस्ति त तलाई बा को विकास भनेको बिरबलको खिचडी जस्तै लाग्थ्यो त जनता झुक्काउन गरेको नाटक भन्थिस त् ,मैले उसलाई पुन विगतमा फर्काउने कोसिस गरे ।

    त्यो हिजोको बुझाइ थियो मेरो उसले भन्यो,आफ्ना सहयात्रीहरु बाट नै निर्मम प्रहार खेप्दै ,अकल्पनीय आरोप र खेलको निर्धक्क भएर सामना गर्ने सक्ने समार्थ्य एउटा अथक योद्धा संग मात्र हुन्छ।

    अनि एउटा जनता , समाज र देश बुझेको मान्छे मात्र रत्नपार्कमा औसधि बेच्नेको नागरिकको भाषालाई रास्ट्रिय मंचमा बोल्छ अनि भिरलाई पार्क बनाउने तल्लो तहको जनप्रतिनिधिलाई एउटा देशको चिन्ता लिने नेताले मात्र टेलिफोन गरेर बधाई दिन्छ,उसले साधारण उदाहरण दिदै निकै गम्भीर कुरा भन्यो।

    ओहो १ बजेछ ,अव सुत्नुपर्छ केटा ,मैले घडी हेर्दै उसलाई भने ।

    हुन्छ, बरु एक पटक बा लाई भेट्ने मन छ समय मिलाई दे न ।

    मैले केवल सहमतिमा टाउको हल्लाए अनि मन मनै सोचे मेरो मित्र जस्तै कतिको मनमा यो आंधी चलिरहेको होला ?…..क्रमस

    Facebook Comments

  • सम्बन्धित खवर

    जीवन अमूल्य छ

    पारिजातको पहिलो यौन अनुभवको नमिठो कथा

    मूर्दा शहर : एक प्रेम कहानी

    रानीमहलमा भेट्न नपाइएका भूतहरू:-

    नेपाली लोककथा : सुनकेशरी मैयाँ

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै