•            
    • TOKHA LIVE

    • २६ जेष्ठ २०७७, सोमबार २१:३१

    जादुको हा“डी


    कुनै समयको कुरा हो । कुनै एक गाउ“मा सन्देश नामको मेहनती किसान बस्ने गथ्र्यो । सन्देशका दुई दाजुभाई थिए । सन्देशको भाइको नाम सुभम थियो । सुभम चा“हि अल्लि अल्छी र इष्र्यालु थियो । सन्देशको र सुभमको विवाह भयो । अनि सन्देशले चा“हि उसको छिमेकीको खेतबारीमा खन,जोत गर्ने गथ्र्यो भने सुभमले चा“हि किराना पसल चलाउने गथ्र्यो । एकदिन सन्देशको छोरा भयो र सुभमको पनि छोरा भयो । सन्देशको छोराको नाम चा“हि सन्जिव र सुभमको छोराको नाम भने श्रवण थियो । सन्जिव र श्रवण दाजुभाइ मात्र नभएर मिल्ने साथि भए ।उनीहरु स“गस“गै खेल्ने पनि गर्थे ।सन्देश र सुभमले आ–आफ्नो छोरालाई एउटै विद्यालयमा भर्ना गरिदिए । अनि सन्जिव र श्रवण स“गै विद्यालय जान थाले र स“गै फर्किने पनि गर्थे । यसरी उनह्रिुको दिन बित्दै गइराखेको थियो ।
    एक दिनको कुरा हो सन्देशलाई त्यही गाउ“को एउटी बुढी आमाले बोलाउनुभयो र सन्देश बुढी आमाको घरमा गयो । उनीले भनिन्, बाबु यो गाउ“को मेहनती र असल भनेको तिमी नै हौ । म स“ग एउटा जादुगर ह“ाडी छ । यस हा“डी केवल असल पात्रस“ग मात्र रहन्छ । नत्र आफै हराउ“छ । धेरै समयसम्म असल मानिसको खोजिमा थिए । मैले तिमी भन्दा योग्य कोही देखिन । यसको जतन तिमीले गर्न सक्छौ । लिअ है त बा । म त कति बेला मर्छु पत्तो पनि छैन लैजाउ है । एउटा कुरा ध्यान राख्नु यदि तिमीलाई केही चाहिएमा जे माग्छौ त्यही दिन्छ । तर पुगेपछि यसलाई राक्न च“ाहि नविर्सनु नि” बुढी आमाले सन्देशलाई भन्नुभएको । कसरी राक्नु पर्छ त आमा ।
    अहिलेलाई पुग्यो । अव रोक भनेपछि दिन छोड्छ त । ए । अव हजुरले भने जस्तै गने छु आमा । म जाउ है ? हुन्छ । जाउ बा जाउ । वेलावेलामा आउन नछोड्नु नि । म त डाडा माथिको घाम हो । आज कि भोलि म त वल्ल ढुक्क भए । हस आमा । म आउने गर्छु । केही अप्ठ्यारो परेमा मलाई खवर पठाउनुहोला । म आइहाल्छु नि ।
    जाउ बा जाउ ।
    जव उ घर पुग्छ, उसले जादुगर हा“डीको बारेमा श्रीमतीलाई वताउछ । अनि उसकी श्रीमतीले भनीन् अब त दाल, चामल, नुन, तेल, बेसार, मसला किन्न भाईको दोकानमा जानै नपर्ने भो है ।
    हो त नि । एक हप्ता दिन पुगिसकेको थियो तर सुभमको पसलमा दाल, चामल, नुन, तेल, बेसार, मसला किन्न न त दाइ आए न त भाउजु त्यसपछि सुभमलाई दाइ र भाउजु नआउनुको कारण जान्न मनलाग्यो । अनि उसले दाइको घरमा जासुसी गर्ने निधो गर्यो ।
    अनि उसले दाइले जादुगर हा“डीबाट जे माग्यो त्यही दिएको देख्यो ।अनि सुभमको मनमा इष्र्यालु भाव प्रकट भयो ।अनि उसले म भोली यो जादुगर हा“डी आफ्नो घरमा लान्छु भन्ने सोच्दै घरबाट पसलमा गयो । अनि रात पर्यो । त्यसपछि सुभम दाइको घरमा गयो तर दाइहरु सुती सकेका थिएनन् उनीहरु भोलीको लागि हे जादुगर हा“डी हामीलाई दाल, चामल, नुन, तेल, बेसार, मसला देउ भनेर मागिराखेका थिए जब उनीहरुलाई चाहिने जति सबै कुरा प्राप्त भई सकेपछि उनीहरुले जादुगर हा“डी आजलाई पुग्यो अब दिन रोक है भने । उनीहरुको आदेस सुनेपछि हा“डीले दिन छोड्यो र त्यसपछि उनहिरु सुते ।
    जव उनीहरु सुते अनि सुभमले बिस्तारै ढोका खोलेर जादुगर हा“डी लिएर गयो । उसले यो जादुगर हो कि होइन जा“च्ने बिचार गर्यो । उसले हा“डीलाई आफुलाई चाहिने चिजविज माग्यो तर पुगेपछि राक्नै जानेन।
    अर्को दिन अनि विहान सम्ममा त उसको घर चामले भरि सकेको थियो । उता दाइ भने हा“डीको खोजीमा थिए उसले भाईको घरमा हेर्न जा“दा घरभरि चामल देख्यो ।अनि सोध्योे , “तिम्रो घरमा यो हा“डी कसरी आयो रु” दाइले भाईलाई सोधे । मैले तपाईको जादुगर हा“डी लिएर त आए तर‘‘‘के तर रु मलाई रोक्न आएन । दाइ अचम्ममा पर्यो ।मलाई माफ गरिदिनु दाइ । अनि दाइले माफ गरिदिनुभयो । उनले हा“डीलाई राकीदिन आदेस दिए । अनि दुवै जनाले एक अर्कालाई सहयोग गर्न थाले । उनीहरु त्यो गा“उको मिल्ने दाजुभाईको नमुना बने ।
    त्यसदिन देखि उनीहरु एकले अर्कोलाई सहयोग मात्र गर्ने तर कहिल्यै पनि कुनै कुरामा विवाद गेरनन् । गा“उका दीन ,हिन दुखीहरुलाई सहयोग पनि गरे । त्यस गा“उका मानिसहरु सवै सम्पन्न भए । यो सवै सम्भव त्यही जादुको हा“डीको कमाल थियो । सवैले ती दुई दाजु भाइलाई आफ्नो ह्रदयमा राखेका थिए । उनहिरुको गा“उ नमुनाको गा“उ वन्यो र सवैजना मिलिजुली वसे ।
    लेखक ः प्रगुण पण्डित कक्षा ः ७
    पशुपति मित्र मावि चावहिल, काठमाण्डौ

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै