•            
    • Sanu Raj Dangol

    • १५ जेष्ठ २०७७, बिहीबार २०:०९

    ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु:-

    टोखा लाइभ जेठ १५/ ताप्लेजुङमा विहिवार मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । निमार्णाधिन मध्य तमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी इन्सपेक्टर विष्णूबहादुर खड्काले जानकारी दिए ।

    जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भिर घाईते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यू भएको बताईएको छ ।

    सहचालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले टोखा लाइभलाई जानकारी दिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै