•            
    • Sanu Raj Dangol

    • १४ जेष्ठ २०७७, बुधबार ११:३५

    भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै


    प्रकाशित मिति : May 27, 2020
    सुर्खेत, १४ जेठ । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति ज्यान गएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा निधन भएको हो ।

    मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्याइएको थियो ।

    अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो ।

    अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो । रासस

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै