•            
    • Sanu Raj Dangol

    • १२ जेष्ठ २०७७, सोमबार ००:४२

    प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

    १२ जेष्ठ २०७७, सोमवार ।

    टोखा लाइभ ।पछिल्लो समय नेपाल र भारतका ह्याकरहरु एक अर्का मुलुकमा आक्रमणमा उत्रिएका छन् । यसै क्रममा पहिलो पटक भारतीय ह्याकरको कब्जामा नेपाली सरकारी वेवसाइट परेको छ ।

    भारतिय ह्याकरले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरेका हुन । भारतीय ह्याकरले‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका थिए । वेबसाईट ह्याक भए पनि डाटा भने सुरक्षित रहेको प्राधिकरणले जनाएको छ ।

    नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय र नेपाली ह्याकरबिच साइवर युद्ध जारी छ ।

    भारतीय ह्याकरले कब्जामा लिएको वेवसाईट आइतबार बेलुकी भने फिर्ता गर्न सफल भएको प्राधिकरणले टोखा लाइभलाई जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै