टोखा लाइभ । भ्रामक समाचार सम्प्रेषण गरेका ७० वटा अनलाइन बन्द गरिएका छन्। नेपाल प्रेस काउन्सिलले देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको हो ।
चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले जानकारी दिए । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलका सूचना अधिकारी खनालले बताए ।
प्रेस काउन्सिलको विज्ञप्ति अनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । यस्तै, २२ वटालाई सचेत गराइएको छ । ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको छ भने एउटालाई अन्तिम चेतावनी दिइएको छ ।