टाेखा लाइभ,काठमाडौं जेष्ठ ११, /
: स्वयम्भू प्रहरी चौकीमा मा गोली चल्दा प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद कार्कीको निधन भएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत् एक प्रहरी सहायक निरीक्षक ‘असई’ को गोली लागेर मृत्यु भएको छ । काममै रहेको समयमा असई विष्णुबहादुर कार्की गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।
काममै रहेको अवस्थामा मृत अवस्थामा भेटिएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनको दाइने कञ्चटमा गोली लागेको छ ।
उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । अध्ययनपछि मात्रै घटनाको बारेमा थप जानकारी दिन सकिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।