टाेखा लाइभ,काठमाडौं : कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित प्रहरीको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको हो ।
ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब संकलन गरिने छ । संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ ।