•            
    • Sanu Raj Dangol

    • १० जेष्ठ २०७७, शनिबार १३:४४

    २४ घण्टामा ३४९४ जनाको पिसिआरबाट कोरोना परीक्षण:-

    टोखा लाइभ ।कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
    नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले टोखा लाइभलाई बताए।

    अहिले ३३ जना नयाँ थपिएसँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्।
    मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै