•            
    • TOKHA LIVE

    • २३ भाद्र २०७७, मंगलवार १७:५८

    मदन भण्डारी फाउन्डेसनको रक्तदान कार्यक्रम सम्पन्न:(फाेटाे फिचर)


    टाेखा लाइभ भाद्र २३ काठमाडौं

    मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका अध्यक्ष तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला ,जिसस काठमाडौं सदस्य तथा फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारी ,नेकपा गोकर्णेश्वरका अध्यक्ष उद्दव बिस्ट लगायतको उपस्थितिमा रहेको थियोे ।

    मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको ईष्ट पोल मावि मा भएको उक्त रक्तदान कार्यक्रममा ७५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।

    दिनानुदिन बढ्दै गैरहेको कोरोना प्रकोपका कारण विरामी बढे संगै रगतको अभाव भएको अवस्थामा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमममा रक्तदान र सहयोग गर्नेहरुलाई विशेष धन्यवाद दिदै मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरका अध्यक्ष केशव सिंखडाले आगामी दिनमा अझै रचनात्मक कार्यहरु संचालन गर्ने उहाँले रक्तदान कार्यक्रममा बताउनु भयो ।

    फाेटाे: सरोज बस्नेत

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै