•            
    • Hikmat Dangol

    • २३ भाद्र २०७७, मंगलवार १६:१८

    आत्मनिर्भरताको बाटो

    • प्रनेल महर्जन / शोभा तामाङ

    टोखा लाइभ ।कोभिड -१९ ले गर्दा विश्व आतंकित र बन्दाबन्दी रहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन। नेपालमा पनि लकडाउनको बढ्दो रुपलाइ नकार्न सकिएन। “जहाँ इच्छा त्यहाँ उपाय” भने जस्तै सिर्जना गर्ने हातलाई लकडाउनले छेकेन ।

    त्यसलाई उपयोग गर्ने धेरै देखिए। त्यसै भिडमा बुढानिलकण्ठ वडा ७ डठुगाउँ स्थित बसोबास गर्नु भएको स्थानीय वासिन्दा कृष्ण बहादुर महर्जन उहाँले यस लकडाउनलाई सदुपयोग गर्दै आफ्नै घरको कौसीलाई आफ्नो कर्मथलो बनाए। जसमा विभिन्न जातका कुखुराहरु, बट्टाई, टर्की, लौकाट जातका कुखुराहरु पालेर आफुलाइ चाहिने मासु स्वयं आफै उत्पादन गर्न थाले ।साथै कौसीखेती पनि अगाडि बढाउदै आफुलाई चाहिने तरकारीहरु कौसीमै लगाउनुभएको छ। आफुलाई चाहिने प्राय : तरकारी लगाए बन्द, भएमा आत्मनिर्भर बन्न सकिने जानकारी दिनुभयो।

    लकडाउनले गर्दा आफुले चल्ला कोरल्नको लागि अण्डा बालाजु स्थित हयाचरिमा लग्ने गरेको तर बन्दले गर्दा अप्ठ्यारो पर्न गएको कुरालाई सम्झदै घरमा नै हयाचरी गर्न सकिने मेसिन बनाए। घरमै चल्ला कोरल्ने मेसिन बनाउनमा उनी लागि परे ।जसमा जेठा छोरा रोसन महर्जन र कान्छा छोरा सन्तोष महर्जनको सहयोगमा मेसिन बनाउन सफल भए ।र हालको अवस्थामा चल्ला काढ्नको लागि सम्पर्क गर्दै अण्डा बोकेर आउनेको संख्या बढ्दै गयो । आम्दानीको स्रोत बन्यो । त्यो मेसिन अहिले आएर पोल्ट्री फर्म गरेर बस्नेहरुबाट हयाचरी मेसिन बनाउन अर्डर आउने र मेसिन बनाएबापत एउटा मेसिन तयार पार्न सामान सजिलै पाए ।एक हप्तामा बनाई सकिने र एक मुस्टमा ६५-७० हजार सम्म पर्ने जानकारी दिनुभयो। यो एउटा आम्दानी पनि हुने र आफ्नो लागि पनि आत्मनिर्भर बन्ने उदाहरण हो। महर्जन परिवार ,सबैले आ-आफ्नो घरमा यसरी गरेमा हामीले तरकारी आयात कम गर्न सकिने बताउनुहुन्छ। यस्तै सोच राखेर काम गरे अवश्यनै अरुको देशको तरकारी किनेर खानुपर्दैन, मिहेनत गरे कंक्रिटमा पनि हरियाली बनाउन सकिदो रहेछ भन्ने उदाहरणीय काम गर्नुभएकोमा छ।

    सबैभन्दा पहिले आफ्नो पहिचान आफैले गर्नुपर्छ , अनि आत्मनिर्भरताको बाटो रोज्नुपर्छ, जसले भोलिको बाटो सहज बनाइदिन्छ । आत्मबलमा हरेक पक्षसँग जुध्ने सामर्थ हुन्छ ।कृष्ण बहादुर महर्जन सुनाउँछन।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै