टोखा लाइभ ।ग्रान्डी अस्पतालको ब्लड बैंकमा काम गर्ने एकजना कर्मचारिलाई कोरोना पोजेटिभ देखिएको छ।
मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको संक्रमितको विवरणमा काठमाडौंका एक ३४ वर्षे पुरुषमा संक्रमण भेटिएको उल्लेख थियो। ती संक्रमित ग्रान्डी अस्पताल भएको पुष्टि भए पनि उनको विस्तृत विवरण अस्पतालले खुलाएको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले अस्पतालका अधिकारीले महाशाखासँगको कुराकानीमा कर्मचारी भएको जानकारी दिएको भन्दै कन्ट्याक्ट ट्रेसिङका लागि टोली खटिसकेको बताए।
अस्पताल स्रोतका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी, चिकित्सक र सम्बन्धित विभागका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ । सोलगत्तै उनीहरूको स्वाब संकलन गर्ने र अस्पताललाई निसंक्रमण गर्ने काम जारी छ।
अहिलेलाई अस्पतालको इन्डोरबाहेकका सबै सेवाहरू रोकिएका छन्।