• जय न्यौपाने
टोखा लाइभ ।टोखा नगरपालिकाको तिलिङटार मावीको संकलन केन्द्रबाट सोमबार सम्म ८८ व्यक्तिको पिसिआरका लागि स्वाव संकलन तथा परीक्षण गरेको छ ।टोखा नगरपालिकामा कोरोना संक्रमितहरुको शंख्यामा वृद्धि भए संगै निरन्तर रुपमा पीसीआर परिक्षण गर्दै आएको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले उक्त निरीक्षण गरेकी थिइन्।
टोखा नगरपालिकामा हिस्ट्री नभएका ब्यक्तिमा पनि कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको छ । सोही अभियान अन्तर्गत तिलिङटार मावीमा क्याम्प संचालन गरेको छ । जसमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेका छन् ।
टोखा नगरपालिकामा अस्पतालमा गएर संकास्पद कोरोना बिरामीको सम्पर्कमा आएका जोखिमयुक्त स्थानबाट आएका मानिसको पनि स्वाव सङ्कलन गरिएको जानकारी उप मेयर ज्ञानमाया डंगोलले जानकारी दिनु भयो । परीक्षणको रिपोर्ट पर्सी सम्म आइपुग्ने उप मेयर ज्ञानमाया डंगोलले बताईन ।
उप मेयर ज्ञानमायाले कोरोना भाइरस एक किसिमको सरुवा रोग हो । यसबाट बच्नको लागि जथाभावीरुपमा घरबाट बाहिर ननिस्कन टोखावासीलाई आग्रह गरेकी छन्। त्यसैगरी यस भाइरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुने , खोक्दा र हाछयुं गर्दा नाक र मुख छोप्ने, लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने , लक्षण देखाउने जो कोहीको सम्पर्कबाट सामाजिक दुरी कायम गरी टाढा रहने र उनीहरूलाई घृणा हैन कि माया गर्नु पर्ने कुरा बताउनु भयो।
नोट: जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन।