•            
    • Hikmat Dangol

    • २२ भाद्र २०७७, सोमबार १६:५२

    “ व्ल्याक प्यान्थर” का अभिनेता बोसम्यानको निधन

    एजेन्सी)। अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।

    क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधनभएको हो ।

    ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन् ।

    उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि भएको थियो ।

    दक्षिण क्यारोलिनामा जन्मेका भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि समर्थकहरुले विश्वभरीबाट श्रद्धान्जली व्यक्त गरेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै