•            
    • Hikmat Dangol

    • २२ भाद्र २०७७, सोमबार १२:२३

    पुल्चोक घटनामा पक्राउ परेकाहरूको रिहाईको माग राख्दै टोखामा विरोध प्रदर्शन

    टोखा लाइभ ।रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर विहीबार प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउमा परिएकाहरुको साँस्कृतिक अभियन्ताहरुको यथाशीघ्र रिहाईको माग गर्दै आज टोखा नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ।

    सोमवार विहान ९ बजे हलि :नेवा गुथि, नेपाल भाषा क्लब, ग्वाहाली पुच: र मु:ध्वाखा संस्थाले रथ तान्ने व्यक्तिहरू निर्दोष रहेको भन्दै तुरुन्तै रिहाईको माग गरेर मु:ध्वाखामा उभिएर विभिन्न नारा लेखिएको प्ले कार्ड बोक्दै विरोध प्रदर्शन गरेको थियो।

    सम्पदा अभियानकर्ताअमर बहादुर डंगोलले व्यक्ति फसाउनका लागि प्रपञ्च रचिएको बताउदै तत्कालै रिहाईका लागि सरकारलाई दवाव दिन टोखाको मु : ध्वाखामा प्रदर्शन गरेको बताए ।संस्कृति प्रेमीहरूलाई सरकारले निर्दोषलाई फसाउन खोजेको भन्दै उनले आक्रोश पनि पोखेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै