•            
    • Sanu Raj Dangol

    • १० जेष्ठ २०७७, शनिबार ०४:५२

    काठमाडौंमा एकसहित ३२ सङ्क्रमित थपिए:-

    टोखा लाइभ ।काठमाडौंमा एकसहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

    योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ। पछिल्लो केही दिन यता औसत ५० भन्दा बढी बिरामी थपिएका छन् ।

    यस्तै गरी भारतबाट मार्वल लिएर टोखा नगरपालिका प्रवेश गरेको एक ट्रकका सहचालकमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

    भारतको राजस्थान घर भएका ति ४० बर्षिय पुरुषको आर डि टि विधिबाट गरिएको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । सोही ट्रकका चालकको रिपोर्ट भने नेगेटिभ आएको बानियाँटार युवा समाजका अध्यक्ष प्रविण बानियाँले टोखा लाइभलाई जानकारी दिए ।

    शुक्रबार जि ए ७१६७ नम्बरको भारतिय ट्रक नगरपालिकाको वडा नं ३ स्थित एक हार्डवेयर सप्लायर्समा प्रवेश गरेको सुचना पाएपछि बानियाँटार युवा समाज र जनकल्याण सामाजिक केन्द्रका टोली निरिक्षणमा पुगेका थिए । टोलीले सोही वडाका वडा अध्यक्ष ,प्रहरी लगायतलाई खबर गरी उनीहरुको कोरोना परिक्षण गर्न दबाब दिएपछि उनीहरुलाई टोखा चण्डेश्वरी स्वास्थ केन्द्रमा लगेर परिक्षण गरिएको बानियाँले बताए ।

    हाल ती युवालाई टेकु पठाईएको र ट्रकलाई नियन्त्रणमा लिएको बानियाँले जानकारी दिए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै