•            
    • Hikmat Dangol

    • २२ भाद्र २०७७, सोमबार ०८:०३

    समयमै मल आयत नगर्ने ठेक्कादारको ठेक्का रद्द

    टोखा लाइभ ।वर्तमान मन्त्रिपरिषदका जनताले अलिबढी आशालाग्दो नेताका रुपमा हेरेका मन्त्री हुन कृषिमन्त्री घनश्याम भुसाल । तर, कार्यभार सम्हालेको पहिलो सिजनकै कृषि उपजका लागि बेलैमा मल उपलब्ध गराउन नसकेपछि नेतृत्वका रुपमा उनी असफल भएका छन् । अर्थातः कृषि मलको परीक्षणमा उनी फेल हुन पुगे ।

    किनकी नेपालमा हरेक सिजन कृषि मलको यस्तै हाहाकार हुने गर्छ । कृषि मन्त्रीले बढी गाली पनि खान्छन् । तर, यो पाली घनश्याम भुसाल नै जिम्मेवारीमा रहेका कारण कृषकले समस्या नहुने अपेक्षा गरेका थिए । तर, त्यसो हुन सकेन । फलस्वरुप सरकारले बंगलादेश सरकारसँग मल पैंचो मागेको छ ।

    पैँचो मल आउने प्रक्रिया अगाडी बढदै जाँदा यता, सरकारले भने रासायनिक मलको आपूर्ति गर्न नसकेका कम्पनीको ठेक्का सम्झौता रद्द गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको हो ।

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीले रासायनिक मल ल्याउने गरी ठेक्का पाएका थिए । उनीहरुको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय भएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार तत्कालका लागि सम्झौता रद्द गरि धरौटी जफत प्रक्रिया अघि बढाइएको हो ।

    दुवै कम्पनीले राखेको पाँच पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने भएको हो । ५० हजार मेट्रिक टन युरिया मल ल्याउन पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै लट मल ल्याइसक्नुपर्ने सम्झौता थियो ।

    कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८० लाख धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै