•            
    • Hikmat Dangol

    • २२ भाद्र २०७७, सोमबार ०७:४२

    मदन भण्डारी फाउण्डेशनले रक्तदान कार्यक्रम गर्ने

    टोखा लाइभ ।मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। कोरोना प्रकोपका कारण अस्पतालमा विरामीहरुको शंख्या बढिरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गर्ने फाउन्डेसन गोकर्णेश्वरका अध्यक्ष केशव सिंखडाको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो।

    काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य तथा फाउन्डेसनकी केन्द्रीय सदस्य सरिता न्यौपाने ,फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला लगायतको उपस्थितिमा भएको सो बैठकले भाद्र २३ गते मंगलवार जोरपाटी नारायणटारको इस्टपोल मावीमा बिहान ११ बजे देखि रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

    अत्याधिक रगतको माग भैरहेको विषम परिस्थितिमा आवस्यक स्वास्थ्य मापदण्ड सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा जो सुकैले पनि रक्तदान गर्न सक्ने जानकारी दिदै आयोजक संस्थाले इच्छुक रक्तदाताले ९८६०६५९७७४ मा आफ्नो नाम दर्ता गर्न सक्ने बताएको छ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै