•            
    • Hikmat Dangol

    • २१ भाद्र २०७७, आईतवार १२:२०

    तामाङ समुदायको वृत्तचित्रले जित्यो अमेरिकामा ‘अलदारी अवार्ड’


    टोखा लाइभ । नेपालको हिमाली क्षेत्रको भेडी गोठालेको जीवन बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘अ डे इन दि हिमालयन सेफर्ड’लेअमेरिकाको सिकागोमा प्रथम पुरस्कार जित्न सफल भएको छ ।

    सिकागोमा गत अगष्ट २८ र २९ तारिखमा चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘अ डे इन दि हिमालयन सेफर्ड’ ले प्रथमपुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए । निर्णायक मण्डलद्वारा उक्त डकुमेण्ट्री सो फिल्म महोत्सवकै उत्कृष्ट फिल्मघोषणा गर्दै सो बापत प्रदान गरिने ‘अलदारी अवार्ड’ सहित उत्कृष्ट डकुमेन्टी फिल्म अवार्ड समेत गरी २ वटा पुरस्कार प्रदान गरिएको हो। आयोजकले लसएन्जलसको एक फिल्म फेष्टिभलमा समेत आफनो वृत्तचित्र एक हप्तासम्म प्रदर्शन गर्न लागेको तामाङले टोखा लाइभलाई जानकारी दिए ।

    पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल तामाङले र्निदेशन गरेको वृत्तचित्र ‘अ डे इन दी लाइफ अफ अ हिमालयन सेफर्ड’ले अमेरिकाकोविभिन्न फिल्म फेष्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जित्न सफल भएको छ । उनले धादिङ जिल्लाको रुबी भ्यालीको भेडापालनलाईआधार बनाएर २० मिनेटको सर्ट फिल्म बनाएका हुन्।

    यसअघि पनि उनको सर्ट फिल्मले अमेरिकाको न्युजर्सीमा भएको ‘नेवार्क सर्ट फिल्म’फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ जितेकोछथियो । यस्तै, गत वर्ष २०१९ को अगस्टमा सम्पन्न भएको टोरेन्टो सर्ट फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म’ र ‘बेस्ट म्युजिक’ अवार्ड हातपारेको उक्त डकुमेण्ट्रीले अमेरिकाकै ओहायोमा २०१८ मार्चमा आयोजित ‘कोलोनी इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल’मा ‘बेस्टडकुमेन्ट्री’को फस्ट रनरअप अवार्ड हात पारेको थियो ।

    ट्रियोन इन्टरनेसनल फिल्म फेस्टिभल, सेट इन्टरनेशनल फिल्म फेष्टिबल लण्डन, हड्सन भ्याली फिल्म फेष्टिबल, न्यूयोर्क, कान्सस सिटीअण्डरग्राउन्ड फिल्म फेष्टिबल र अष्ट्रेलियन इन्डिपेन्डन इन्टरनेसनल फिल्म फेष्टिभललगायतमा उक्त वृत्तचित्र प्रदर्शन भैसकेको छ ।

    उक्त सर्ट फिल्ममा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ, जो आफ्ना हजुरबुबा र बाबुकोपदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् । कठिन भूगोल र मौसमको चुनौतीसंग कहिले मितेरी लगाउँदै र कहिलेजुद्धै खरिमान आफ्ना भेडाको स्याहारसुसार गर्छन् । र, जति नै गाह्रो भए पनि आफ्नो पेशामा गौरव महसुस गर्छन् ।

    उनले भेडापालनबाटै पत्नी, दुई छोरा र एक छोरीसहितको परिवारको जीविकोपार्जन गरिरहेका छन् । ‘उनी एक यस्ता बाबु हुन्, जोआफ्ना सन्तानले आफ्नै पदचिह्न पछ्याउलान् या अरू नै पेसा, व्यवसायमा आबद्ध होलान् भन्ने द्विविधामा छन्,’ निर्देशक तामाङले भने, ‘ पुर्खाको निशानी र सन्ततिको भावी बिहानीलाई संयोजन गर्न खोजिरहेका छन् , खरिमान ।’ उनले त्यहॉको थुप्रै खरिमानहरुको जीवनलाईडकुमेण्ट्रीमा न्याय गर्ने प्रयाश गरेको बताए ।

    निर्देशक तामाङ आफ्नो सर्ट फिल्मले पाएका अवार्डहरूमा गौरव गर्छन् र यसका माध्यमबाट हराउँदै गएको हिमाली भेगको पशुपालनव्यवसायको पक्षमा माहोल बनोस् भन्ने चाहन्छन् । ‘ तथापि, बढ्दो आधुनिकीकरणसँगै यो व्यवसाय असामान्य बन्दै गएको छ’ निर्देशकतामाङ भने, भेडागोठालाहरूका लागि केही राम्रो गर्न सकिएलाकी भन्नेमा आशा लागेको छ ।’

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै