• अमृता नेपाली
ताप्लेजुङ भदौ २१ ।ताप्लेजुङ सिरिजङघा गाउँपालिका वडा न ७ सुरुम्खिमका दुई पुरुष माछा मार्ने क्रममा खोलाले बगाएर शनिवार दिउँसो बेपत्ता भएका छ्न।
सिरिजङ्घा गाउँपालिका ७ लुम्ला स्थित तावाखोलामा माछा मार्ने क्रममा जाल हान्दा सोही स्थानका ३२ बर्षिय सुर्यमान लिम्बू र ३६ बर्षिय सुमन लिम्बूलाई खोलाले बगाएको हो।उनीहरू संगै माछा मार्न गएका साथी गणेश राइले स्थानीय र प्रहरीलाई खबर गरेपछी प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरी टोलिसहित स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ।