•            
    • Hikmat Dangol

    • २० भाद्र २०७७, शनिबार १३:०३

    टोखा सरसफाई अभियान अन्तर्गत शनिवार गल्लेमा सफाई कार्यक्रमको शुरूवात

    टोखा लाइभ ।विश्वव्याधी रुपमा महामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट टोखाका नागरिकहरुलाई सुरक्षित राख्ने अभिलाषाका साथ शनिवार देखि टोखा नगरपालिका वडा नं-२ ले १ हप्ते सरसफाई प्रभावकारी गल्लेबाट अभियान शुरुवात गरेको छ।

    उक्त अभिायनका अभियानकर्ता वडा सदस्य प्रेमकृष्ण शाहीआफु निरन्तर रुपमा पहिला देखि नै सफाई अभियानमा सहभागी भएको बताए। २०७६ बाट सुरु भएको अभियान सफलताको मोडतिर लम्केको भन्दै प्रेमकृष्णले अब यस अभियानले टोल–टोलमा सरसफ़ाईले एउटा ठुलो जागरण ल्याएको उल्लेख गरे । सरसफाई अभियान समाजलाई नै सफाई गर्ने अभियान हो । यस अभियानले सँस्कार बसाल्न सहयोग पु¥याउने भएकाले यसलाई आम टोखावासीहरूले मनन गर्न आग्रह गरे ।

    समाज परिवर्तनका लागि व्यक्ति जागरुक हुनुपर्ने बताउदै परिवर्तन हामी बाट, परिवर्तन सड़क र सरसफ़ाईबाट भन्ने एक हप्ते अभियान सुरु गरेको प्रेमकृष्णले उल्लेख गरे ।

    एक हप्ता सम्म विहान ७ बजेदेखि १० बजेसम्म ३ घण्टा सम्म चल्ने टोखा सरसफाई अभियानका लागि टोखा न. पा. वडा नं -२ ले संयोजकको भूमिका निभाएका छन् । आजको सफाई कार्यक्रममा उल्लेखनीय रूपमा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै