टोखा लाइभ ।कोरोना भाइरस (भिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न गजराज ट्रस्टले टोखा नगरपालिका वडा नं-२ क्षेत्रमा फग मेसिनबाट किटनाशक औषधी छर्कन शुरुआत गरेको छ । टोखा क्षेत्रमा बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने कुरा रमेश नापितले बताउनु भयो।
टोखाको गणेस्थानबाट किटनाशक औषधि छर्कने अभियान आज गजराज ट्रष्टका अध्यक्ष मनिष जोशी र रमेश नापितले शुभारम्भ गरे ।
कोरोना भाइरसको सङ्क्रमणलाई टोखा क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र टोखा नगरपालिका वडा नं-२ क्षेत्रका भीडभाड हुने ठाउँहरु, टोल, सेवाग्राही बढी आउने वडा कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिएको रमेश नापितले बताए।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन टोखावासीसंग मनिष जोशीले आग्रह समेत गरे ।
पहिलो चरणमा ५० हजार पर्ने फग मेसिनले १०० लिटर उक्त किटनाशक औषधी ल्याई छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीद गरी मुख्य- मुख्य स्थानमा किटनासक औषधी छरिने मनिष जोशीले बताए ।