•            
    • Hikmat Dangol

    • १९ भाद्र २०७७, शुक्रबार १८:३७

    जीवनमा हेरेको तीनवटा जात्रा

    • बाबुराम घिमिरे

    खन्तरे बा को रक्सि छाड्ने बाचा !

    (सत्य कथा, उहाँकै समकक्षीको मुखबाट)

    २०३५ साल तिरको कुरो।ऐतिहासिक तथ्य हरुलाई संकलन गर्ने क्रममा खन्तरे बा को रक्सि छाड्ने बाचा! यहाँहरु को लागि |

    इतिहासले समाजलाई गतिलो पाठ सिकाउने हुनाले मात्र, जस्ताको तस्तै उल्लेख गर्न खोजेको हुँ | यहाँ केही महत्त्वपूर्ण शब्दहरू, नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु | खन्तरे वा, जुडि खेत, गाउको जात्राको तरिकाहरु, यहाँ व्याख्या नगरिएपनि त्यसको बारेमा खोज गर्न सक्नेछन् भावि पुस्ताले | जुडिको जात्रा कहिलेदेखि लाग्यो ? कसले चलायो ? मलाइ पनि थाहै छैन| जान्ने इच्छा छ, तर त्यसको लागि अलि बढी खोजी आवश्यकता पर्दछ, जुन अहिले सम्भव भएन| गोरखा जिल्ला दर्बुङ गाविस-६, अन्तर्गत घोसुर खोलाको किनारमा विशाल फाँटमा छ, दर्बुङ फाँट | फाँटको किनारामा र खोलाको वरपिपल चौतारो छ | चौतारा नजिकै मानवनिर्मित जस्तो लाग्ने, तर होइन होला, सानो उठेको टापु जस्तोमा जंगल छ | केहि देउता थापिएका ढुंन्गाहरु छन् | त्यहि लाग्थ्यो बिशाल जात्रा ४००/५०० मान्छेहरुको भिड, झण्डै ३ दिन सम्म | मँसिरको अन्तिम वा पुषको पहिलो हप्तामा हुनुपर्छ,किनकी धान काटिसकेको हुन्थ्यो|

    खन्तरे बा जैसी ब्राह्मण हुन् | सानैदेखि बानी लागेको छ रक्सिको, देखाएर खान नहुने, लाज मान्दै/लाग्दैमा बानी परेपछी, पछि त छाड्ने नसक्ने भए | पैसाको क्षति, स्वास्थ्यको नास, इज्जतको छ ठुलो पिर, सबै थाहा छ मलाई उनलाई | पहिला निकै टाढा लेकमा (गुरुङ गाउँमा) बस्दथे, पछि बसाई सरेर दाजुभाइ भएकै ठाउँमा आई पुगेँ, दर्बुङ फाँटमा | अरुबेला ठिकै हुन्थ्यो, चाडबाड, जात्रा, मात्रामा रोकिदै नरोक्ने, जाँड खाएर सबैले थाहा पाउने गरि अति नै हल्ला गर्न मन लाग्ने, उनलाइ | गुरुङ गाउँमा त्यसै गर्दा चालिराथ्यो | अब दिन दिनै समस्या बड्दैथ्यो | उमेर ढल्कदो बेला, घरभरि छोरि बुहारि, उनले रक्सि छाड्ने बाचा ! गरेको पनि बर्ष दिन भयो |

    उनले रक्सी छोड्ने विधि यस प्रकारको थियो | सबैभन्दा इष्टमित्र दाजु,भाई, छोरा,छोरी, श्रीमती सबैलाई बोलाएर, कन्य छोरीलाई तुलसी मोठमा राखि, तामाको भाँडोमा भएको पानीले छोरीका दुई खुट्टा धोएको पानि खाएर छोरीलाई १०० को नोट टिका लगाइ दिएर छोडेको | अब म कहिल्यै खान्न, खाए पाप लागोस्, मेरो सत्य नास् होस्, बाचा कबुल खाने चलन बिधि अनुसार, ठुलो चर्चाले छाडेका| जति जात्रा नजिकिदै छ उति पिडा बड्दो छ, भनि नसक्नुको पिडा, खन्तरे बालाई |

    १ वर्षपछि जात्रा जाने दिन आयो | जात्रा नगै भाको छैन, सानैदेखि जादै गरेको | जात्रा र जिबन पर्याय हो | जादा खान त पक्कै मन लाग्छ, छातिमा ढुन्गो राखेर छाडेको | निकै चिन्ता पैदा भयो र मन खानेलाई साथीलाई सोधेछन, उसले सल्लाह दिएछ | त जात्रा नजान सक्छस्? खन्तरे बा ले त्यो त सक्दिन भनेछन् त्यसो भए तैले जाड खान्छस् ! नाचगान गर्नुपर्छ, नाचगान गर्न हेर हाम्रो बल छैन, बल नगरे मज्जा आउदैन, बर्षको एकै दिन त हो! कसैले था पाउदैन, तरिका म सिकाइदिन्छु भनेछ | सोहि बमोजिम छोरिलाइ पुनः मोठमा लेराएर टीकालाई १०० को नोट पैसा दिए | भुल गरेँ भने माफ पााउ भगवान विन्ती बिसाए, अनि देउतालाइ कुरो बुझाए | त्यसैगरि छोरिलाइ पनि कसैलाइ नभन है भनेर कबुल गराए, बाउछोरिको पनि सम्झाेेता भयो | खन्तरे बा जादा खुसि हुने धेरै-धेरै जना, किनकि अति रमाइला, सबैका प्यारा | तिनै पुरानो मायाले बा लाइ जाउ जाउ लाग्ने, ४:३० बजेतिर जात्रा गए |

    परिवारका सदस्यलाई थाहा छैन, छोरीलाई टीका लगाएको, भन्ने कुरामा ढुक्क छन् खन्तरे बा | जात्रा गए, लक्ष्यअनुसार नै सफल भयो | रातभरि बसे भोलि पल्ट ५:३०बजेतिर मात्र घर पुगे |जब छोरीले पसलबाट सय रुपैयाँको सामान किनेर घर भरी पसारो बनाएर खान थालिन् | तब थाहा भयो जाने बेलामा छोरीलाई ढोगेर जात्रा गए, नखाइ बुढा आउदैनन् खन्तारि आमालाइ सबै थाहा थियो | फर्कने बित्तिकै आमाले सोधि हालिन् तर खन्तरे बाले छोडेकोले पनि जाड खानछ त लाटि भनेर भन्दा नभन्दै, छोरि अगाडि राखेर गलाइहालिन् खन्तरि आमाले |अब बुझे खन्तरे बाले, पोल खुल्यो अनि मुसुक्क हासेर, हो त नि चुप लाग अब कसम कहिलेइ खान्न भनि थामथुम पारे | अरु परिवारलाइ पनि हल्ला नगराइ खन्तरि आमाले, खन्तरे बालाई खानपान गराइ सुताइन् | अर्को बर्ष देखि खन्तरे बालाई कहिल्यै जुडिको जात्रा जाने अबसर मिलेन | धन्द खन्तरे बाले अन्तिम पटक जात्रा गए, हार्दिक श्रद्धांजलि, खन्तरे बा!
    नम्बरी नोटमा अचार थाप्ने लाहुरे !


    आफ्नै आखाले देखेको कुरा कथा बनेपछि :


    २०३४ साल तिरको कुरो, गोरखा जिल्ला दर्बुन्ग गा बि स वडा न २ को गैरि गाउ स्थित पाराकुना, बोलचालको भासामा पार्कुना जात्रा हेर्ने ठुलो रहर | जात्रामा पसले टोलिको ध्यान ब्यापारमा, अरु ब्यापार र रक्सि ब्यापारको पारा भिन्दै हुन्थे, रक्सि ब्यापारमा सबैनै केटि थिए | कोहि गफका लागि मात्र रक्सि खाने, कोहि खानेेको धुन मात्र, कोहो नाच्ने मात्र, मगर-गुरुन्गको नाच भिन्दै, ब्राम्हनको भजन भिन्दै, पोइला जानेको मेसो छुट्टै, कोहि बिबाहित बेजोडिको तिष्णा छुट्टै | बाहुनको छोरो भएर नि जात्रा जान्छन् भन्नुहुन्थ्यो घरमा |त्यसैले जात्रा घरबाट भागि भागि गइन्थ्यो |

    जब जात्रा गइयो, तर के हेर्ने हो केहि थाहा भएन | किनेर खान सुको खल्तिमा छैन | जुनेलि रात, बच्चा-बच्चा, हामि त लुकामारि खेल्न थालियो, १ देखि ५ सम्म गन्ने अनि खोज्ने | खोज्न त कुना कुना जानु पर्यो | जाने कर्ममा खेद्ने तिर हेर्दै भाग्दै गर्दा बारिको अद्यारो खोचमा कान्लाको डिलबाट नहेरि हाम्फाल्दा दुइ जना मान्छे माथि पो परियो | मतलबै भएन आफुलाइ त तर ति दिदिलाइ निकै दुखे छ कि क्याहो एेया, एेया गर्दै हुनुहुन्थ्यो | हाम्रो सरचै चुप लाग चुप लाग भन्दै हुनुहुन्थ्यो | अलि पर पर जाअो भन्दै हुनुहुन्थ्यो हस् भनेर हामि पर-पर गयौ | सन्जोगले म मेरै स्कुलमा २०५३ सालमा स्टाफ भए, पुराना कुरा निक्लदै जादा पो रहस्य खुल्यो वहाँहरुको लुकिमारिको | अनि हासोको फोहोरा छुट्यो, बल्ल पो बुझियो त्यो बेला नबुझेको जात्राको महत्व | जुन् जात्रा अहिले इतिहासको पाना भइसक्यो |
    हाम्रो जात्रा बल्ल सुरु भयो | हामि थाकेर बारिको डिलबाट तल ठुलो पाटामा बास्तबिक जात्रा नियाल्दै थियौ | नाचगान- झ्याउरे, चुड्का, कौडा, भजन, दोहोरि आदि आदि कयौ झुण्ड-झुण्ड, लाखे अनेक-अनेक, ब्यापार, खेल, तास, कौडा, लन्गुर बुर्जा, खानाको होटल आदि आदि चल्दै थियो | एउटा लाहुरे, हेर्दै रातोपिरो, सुकिलो लुगा लगाएको, मोटो, कमंरमा पैसाको झोला बाँदेको, रक्सी अचार लेउन, बहिनी भन्दै एउटा कुनामा बसेकी सुन्दरी केटी को गुन्द्रि छेउमा रक्सी लिएर बस्यो | अचार दिनलाई सालको पात खोज्दै थिइन् | पर्दैन-पर्दैन सोल्टिनि भन्दै, दुईवटा नोटलाई खप्ट्याएर थाप्यो | खाइसकेपछि छोडेर गयो | जता जता सुन्दर नानिहरु छन् लाहुरे पैसा फाल्दै जादो रहेछ | हाम्रो पनि एउटा साथि सन्ग ढ्याके पैसा रहेछ | पर्पर्याउने पिपलमेठ १/१ वटा खाएर जात्रा गएर आउदाको आनन्द अबिस्मरणिय छ | बल्ल थाहा भयो जात्रा को महत्व !

    सानो पशुपतिको जात्रा;

    २०५४ साल को कुरो हो | झोलुन्गेपुल तरेर गएपछि १ मिनेटमा पुगिने, बुढिगण्डकि किनारामा अबस्थित् धादिन्ग जिल्ला पट्टि पर्ने, तर हाम्रो घर पारिको सानो पसुपतिको मेला लागेको थियो | हाम्रो घरमा ब्यापार हुनाले रातभर छाड्न मिलेन | रात र दिनको केहि प्रबाह थिएन, पुरै भिडभाड थियो | यसमा गोरखा र धादिन्ग दुबै जिल्लाका मानिसहरु आउने र अलि नयामा प्रचार पनि निकै भएकोले झण्डै १००० मान्छेको जात्रा थियो |

    नेपाल एकिकरणको लडाइँका समयमा पृथ्वी नारायण शाहले आर्थिक संकट पर्दा, द्रव्य संकलन गर्दै जाँदा, सबैभन्दा धेरै संकलन भएको हुनाले यसलाई द्रव्यपुर भनिएको र पछि अपभ्रंश भइ दर्बुन्ग भएको भन्ने किम्बदन्ती छ | राजा महेन्द्रले २०१५ सालमा देश दौडाहामा निस्कदा रात बास बस्ने क्रममा दर्बुन्गमा बसेका थिए | यो बुढीगण्डकी किनारको एउटा सानो उपत्यका हो | यो १,२०० मेगावाट विद्युत् सञ्चालनको बुढीगण्डकी hydroproject को पहिलो प्रभावित गा.वि.स. हो |

    हामी बिहान ३ बजे मात्रै जात्रा हेर्न गयौ | किनकि ५ बजे देखि त नियमित पसल नै खोलनुछ | १ दर्जन जेरि किनेर खायौ | खाइ भयाउदा नभयाउदा अनौठो आवाज आयो गोलि चले जस्तो | मैनटोल, लालटिन, मैन बत्ति, टुकि बत्ति, दाउरा आदिको उजयालोले रातभर ब्यापार हुन्छ | हामि बाहेक सबैले पसल लगेका थिए | मतलब हाम्रो ठाउ गाउको बजार क्षेत्र हो | अनौठो लाग्नु अस्वभाबिक् होइन तर रातभरमा घरमा नै ३०,०००/ ४०,००० हजारको ब्यापार हुन्थ्यो | ब्यापारि हरुले सामान लान्थे, खद्रा ऊतिकै बिक्रि हुन्थ्यो | केहि दिनको त्यो जात्रा माहोल अघिल्लो पछिल्लो दिनलाइ हिसाब गर्दा १,००,००० को ब्यापार हुन्थ्यो |

    यसले बाक्लो बस्ति र जनजिबनको अनुमान गर्न सकिन्छ | शहरको जस्तो दोहोरो घर एकातिर पुरै खेत झण्डै आखाले भ्याएसम्म अर्को तिर अलि उच्च टारको लहरै घर एउटै पाटोमा बने जस्तो | खेत र टारको बिचमा झण्डै दोहोरो गाडि छिर्ने बाटो थियो | धेरै पहिले देखि पैदल यात्रा गार्दा काठमाडौ देखि मनकामना जाने, फर्केर काठमाडौ आउने मार्ग हो यो | हाम्रा बा बाजेले डोकोमा पोको बोकेर ब्यापार वा दैनिकि चलाएको मार्ग हो | चिन सन्ग सबैभन्दा छोटो भनिएको सडक मार्ग हो यो |

    यि भुगोलको भन्दा फरक प्रसंग छ मुल बिषयको, दुबै जिल्लाका डाडा-डाडामा जोगिहारुको बसोबास छ | जात्रामा यिनै जातिका युबायुबतिहरु पानि आएका थिए | बेलुका खाइपिलाइ भयो, बातचित हुनेनै भो | त्यहि क्रममा कसैको खानामा ध्यान गयो, कसैको गानाबजाना, कसैको माया प्रितिमा आदि आदि भए | कसैलाइ कता मन परेन? मायाप्रितिको रोजाइमा कोहिको कोहि संग चित्त मिलेन, शुरु भो बिबाद | आइपुग्यो घरै सम्म पसल सम्म, जाँडले पुरै झुल छन् | एउटाको टाउकोमा यसरि लाठि बर्साए कि जसरि मास कुटिन्थ्यो | ढुन्गाका छपनिले हानेर टाउको पुरै अचार | हात ढोड काटे जस्तो, कोहि रागतको पोखरिमा, कोहि पुरुसार्थको अहं चिच्याउदै अबर्णनिय छ परिबेश तर सहयोग गर्न केहि सकनेवाला छैन | जो त्यहा पुग्यो त्यहि सिद्दिन्छ | हामि लाजपुर्ण सत्य बोल्नु पर्ने हुन्छ, ढोका लगाएर टाढा गएर बस्न बाध्य भइयो, यथार्थता यहि हो, सानो पसुपतिको जात्राको ! प्रसंग अनुसार कुरोको चुरो केटाकेटिको मायाप्रिति | त्यो दिन सकियो को का पुगे केहि थाहा भएन |

    भोलिपल्ट १ बजेतिर १०-१२ जनाको हुल् सामानतुमन किनेर हाम्रो पसलको बिश्रामस्थलमा बार्तालाभ गर्दै थिए मलाइ देखि नमस्ते सर भने | मैले चिननि भाइ भनि, म त सरलाइ चिन्छु | हामि हिजो तँपाइको पसल अगाडि झगडा गर्ने टोलि त हो नि हजुर, भन्छन् | किन त्यस्तो बिधि झगडा गरेको त ? मैले सोधे सर पनि त्यो त सामान्य हो नि ! भन्छन् | खोइत घाइते भन्दा, बाउहरुले अस्पताल बोकेर गाछन् सामान्य अनि तिमिहरुलाइ उनिहरुले भेटे के गर्छौ नि? छौड्दैनन् त भन्दा होइन सर मिल्यो, हामि मिलिसक्यो है भन्छन् | यो को हो र? भन्दा हामि त हो हिजो लर्नि यस्को बैनि त लिन जान लाको बिहे हुने भैसक्यो रे! गए राति फेरि रातभरि जाँड खाको रे त्यो कुरा सिद्दियो | अझै मैले सोधे एउटा त मर्ला जस्तो पो थ्यो त! भन्दा झगडामा त भै हालछनि सर कि घरै सुत्नु पर्यो | हाम्रोमा गाउमा घरमा गएर जात्राको कुरा गर्नै नपाउने नियम छ | हाम्रो परंपरा यसरिनै चलिआको छ सर ! अन्तमा: पशुपातिले हामि सबैको रक्षा गरुन् भन्न कासरि छाडुर ?

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै