•            
    • Hikmat Dangol

    • १९ भाद्र २०७७, शुक्रबार ०४:२८

    नेपालका लागि पूर्व बेलायती राजदूत मृत भेटिए

    लण्डन । प्रकृतिप्रेमी कुटनीतिज्ञको छवि बनाएका रिचार्ड मोरिसको शव फेला परेको छ । उनी चार महिनादेखि वेपत्ता थिए । ६ मेमा घरबाट मर्निङ वाकमा निस्केका उनी त्यसपछि देखा परेनन् । त्यसपछि प्रहरीले उनको खोजी थालेको थियो । सोमबार उनको मृत शरीर ह्याम्पशायरको जंगलमा फेला परेको छ ।

    उनी नेपालमा बेलायती राजदूतका रुपमा ४ वर्ष बसेका थिए । सन् २०१९ मा मात्र फिर्ता भएका उनी नेपालमा पनि प्रकृतिमा खुबै रमाउने गर्थे । उनले आफुलाई नेपाल सबैभन्दा राम्रो लागेको प्रतिक्रिया दिएका थिए । बिबिसीका अनुसार शव भेटिएपछि परिवारलाई खबर गरिएको छ।

    उनी बेपत्ता भएपछि प्रहरीले मोरिसले मर्निङ वाक गर्ने जंगलमा उनको खोजी तिब्र बनाएको थियो । प्रहरीले रिभे बेको २ किमी क्षेत्रसँगै सिसिटिभीको अध्ययन तथा घरघर गएर उनको बारेमा सोधपुछ समेत गरेको थियो । बेपत्ता हुनुअघि उनलाई फिजीको राजदूत नियूक्त गरिएको थियो। उनी कार्यभार सम्हाल्न भने गएका थिएनन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै