•            
    • Hikmat Dangol

    • १८ भाद्र २०७७, बिहीबार १९:५२

    सहकाल मच्छिन्द्रनाथको रथ तान्‍दा देखियो असभ्य दृश्य

    टोखा लाइभ । ललिपुरस्थित पुल्चोकमा सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न तानिरहेका युवाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको र कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन नसकेको अवस्थामा आज युवाहरुले रथ तानिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी तितरवितर बनाएको हो ।

    असोजबाट मलमास शुरु हुने भएकाले यसको विधि नपुग्ने भन्दै आजविहानैदेखि रथ तान्न युवाहरु जुटिरहेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रशासनले कुनै पनि प्रकारको सभा समारोह र धार्मिक कार्यमा भेला हुन प्रतिबन्ध लगाएको अवस्थामा जर्वजस्ती रथ तानिएकाले भीड नियन्त्रण गर्नुपरेको जनाएको छ । प्रहरीले पानीका फोहरा र टियर ग्यास प्रयोग गरेर रथ तानिरहेको भिडलाई तितरबितर बनाएको थियो।रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको थियो।

    प्रशासनको आदेश बिना रथ तानेपछि प्रहरीले रोकेको हो । सरकार रथ तान्नेबारे निर्णय नगर्दै स्थानीय युवा बिहिबार रथ तान्न जागेका थिए । प्रहरीले रोक्न खोज्दा पनि भिड जम्मा भएपछि प्रहरीले कडाई गरेको ललितपुर प्ररिसर प्रमुख एसएसपी टेक प्रसाद राईले बताए । उनले यस्तो बेलामा रथ तान्न नदिइने दाबी समेत गरे । आज विहनैदेखि रथ तान्न पाउनुपर्ने माग गर्दै केही युवाहरुले ललितपुरमा प्रर्दशन गरेका थिए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै