•            
    • Hikmat Dangol

    • १८ भाद्र २०७७, बिहीबार ०८:४७

    न्हुज: पुस्तकालय र बालप्रेमी खेलकुद मण्डलद्वारा माक्स र सेनिटाइजर वितरण :-(फाेटाे फिचर)


    टोखा लाइभ ।विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको बाल प्रेमी खेलकुद मण्डल र न्हुज पुस्तकालयको संयुक्त प्रयासमा कोरोना भाइरस नियन्त्रणका लागि बुधवार टोखा नगरपालिका वडा नं-२ र ३ दुवै वडामा एक हजार थानका दरले मास्क , हेन्ड सेनिटाइजर र साबुन वितरण गरेको छ ।

    विश्वभर फैलिएको कोभिड-१९ को नियन्त्रण र रोकथामका लागि मंगलवार बसेको आकस्मिक बैठकको निर्णयअनुसार उक्त सामग्री निःशुल्क वितरण गरेको थियो।

    बाल प्रेमी र न्हुज पुस्तकालयले बुधवारबाट त्यस्तो अभियान शुरू गरेको हो । चीनको वुहान शहरबाट शुरू भएर विश्वभर फैलिँदै गरेको रोगबाट टोखावासीहरू पनि बढी प्रभावित भएकोले र नेपालमा पनि मृत्यु हुने संख्यामा पनि वृद्धि भैरहेकोले नै बढी रहेको तथ्यांक सार्वजनिक भइरहेकाले आफूहरूको ध्यान समाजसेवामा गएको बाल प्रेमी क्लबका अध्यक्ष रमेश डंगोलले टोखा लाइभलाई बताए ।

    “हामी सामग्रीसहित टोल – टोल पुग्दा वृद्धवुद्धाहरू पनि धेरै खुशी हुनुभयो”। स्वास्थ्य सामग्री वितरण गरिरहेका सुशान्त डंगोलले भन्ने ।हालसम्म राज्य वा वडाका अरु निकायबाट कोही पनि सहयोगका लागि नआएको गुनासो उहाँहरूले गर्नुभएको कुरा न्हुछे नारायण श्रेष्ठले बताए।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले आज पनि सक्रिय रूपले मास्क तथा हातधुने सामग्रीको वितरण शुरू गर्ने कुरा बाल प्रेमी खेलकुद मण्डल र न्हुज: पुस्तकालयका सल्लाहकार बाबुलाल डंगोलले जानकारी दिनु भएको छ । न्हुज: पुस्तकालय र बालप्रेमी खेलकुद मण्डलले माक्स र सेनिटाइजर वितरण गर्दै गर्दा पुराना राजनीतिकर्मी राधेश्याम श्रेष्ठको पनि उपस्थिति रहेको थियो

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै